• २०८१ बैशाख ८ शनिबार

सिटी सफारीमा वृद्धिसँगै ट्राफिक व्यवस्थापनमा समस्या

kharibot

विराटनगर । विराटनगरमा सिटी सफारीको सङ्ख्या अत्यधिक वृद्धिले ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।

सिटी सफारीका कारण विराटनगर नगर क्षेत्रमा दैनिक ट्राफिक समस्या उत्पन्न भई दुर्घटना हुने गरेको छ ।

सवारी चालक अनुमति बिना सञ्चालन गर्ने सफारीले नगर क्षेत्रको ट्राफिक जामको समस्या सबै क्षेत्रमा उत्पन्न गरेको स्थानीयवासीको आरोप छ । 

विराटनगर महानगरपालिकामा दर्ता भएको सफारीको सङ्ख्या एक हजार ७०० रहेको भए पनि विराटनगरमा चार हजार २०० सफारी सडकमा गुड्ने गरेको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रहरी निरीक्षक शिवकुमार पोखरेल जानकारी दिए । 

मोरङ जिल्ला अन्य ठाउँहरुमा दर्ता भएको सिटी सफारीसमेत राम्रो आम्दानी हुने गरेकाले यही आएर सञ्चालन गर्ने गरेको उनले बताए ।

मोरङ जिल्लामा गत आर्थिक वर्ष २०७५÷७६ मा सिटी सफारी दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको प्रहरी निरीक्षक पोखरेल जानकारी दिए ।

ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा सिटी सफारीबाट मात्र रु ४५ लाख ६१ हजारको राजश्व सङ्कलन गरेको छ भने भने सवारी नियम उल्लङ्घन गरेबापत सो अवधिमा सात हजार ८८२ जनालाई कारवाहीमा गरेको थियो । 

सिटी सफारी चालक रञ्जीत साहले सफारीको आम्दानीबाट आफू सन्तुष्ट रहेको बताउँदै दिनमा रु आठ सय जति कमाई हुने र घर खर्च टार्नमा कुनै समस्या नरहेको बताए ।

यस्तै अर्को सफारी चालक शङ्कर सहनीले मासिक किस्ताबन्दीमा सफारी खरीद गरेको र कुनै दिन रु दुई सय पनि आम्दानी नहुँदा समस्या पर्ने र वर्षाको मौसममा यात्रु कम आउने हुनाले आम्दानी कम हुने गरेको जानकारी दिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै