काठमाडौँ महानगरले गुठी विधेयकमा स्थानीयसँग सहजीकरण गर्ने

खरीबोट

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विवादित गुठी विधेयक बारे सरोकारवाला गुठीयारहरूबीच अन्तरक्रिया गरी सर्वसम्मत अवधारणा निर्माण गर्न सहजीकरणको भूमिका खेल्न आफू तयार रहेको बताएका छन् ।

काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समितिको आयोजना र ज्यापु महागुथि नेपाः येँ महानगर समितिको व्यवस्थापनमा आज सम्पन्न अन्तक्र्रिया कार्यक्रममा प्रमुख अतिथिको स्थानबाट बोल्दै उनले सो कुरा बताएका हुन् ।

प्रमुख शाक्यले हाल गुठी विधेयक सरकारले फिर्ता लिएको अवस्थामा त्यसलाई उपत्यकाका नेवाः गुठीगानाहरूका पक्षमा आवश्यक संशोधन गर्न सकेमा मात्रै गुठीका लागि भएको आन्दोलनले संस्थागत रूप लिन सक्ने बिचार पनि व्यक्त गरे ।

काठमाडौं महानगरपालिका स्थानीय जनताद्वारा निर्वाचित प्रतिनिधिहरूले नै सञ्चालन गर्ने निकाय भएको र यसको प्रमुख काम भनेकै महानगरभरिका सम्पूर्ण सम्पदा, संस्कृति र गुठीगानाको संरक्षण गर्ने भएकोले गुठी र संस्कृतिका सवालमा उत्पन्न भएका कुनै पनि समस्यालाई समाधान गर्ने यसको दायित्व समेत भएको पनि प्रमुख शाक्यले बताए ।

कार्यक्रममा ज्यापु महागुथिसँग आवद्ध कानूनविद्हरूले प्रस्तुत गरेका गुठी सम्बन्धी अवधारणाहरू अत्यन्त सकारात्मक भएको बिचार राख्दै प्रमुख शाक्यले अब यो अवधारणालाई अरू जातीय समुदायहरूका बीचमा पनि पुर्याई सर्वसम्मत बनाउन आग्रह गरे ।

उनले भने, ‘सर्वसम्मत अवधारणा तयार गर्न अहिले सहजीकरणको भूमिका खेल्न मात्र महानगरपालिका अगाडि आएको हो । सम्पूर्ण प्रक्रियाको नेतृत्व लिन हामी आएका होइनौँ ।’

कामपा संस्कृति तथा पर्यटन समितिका संयोजक एवं वडा नं. १८ का वडा अध्यक्ष न्हुछेकाजी महर्जनको अध्यक्षतामा भएको उक्त अन्तक्र्रियामा ज्यापु महागुथिसँग आवद्ध कानूनविद्हरू जुजुकाजी महर्जन, रीना डंगोल, बुद्धरत्न प्रजापति र युद्धमान महर्जनले गुठी विधेयकमा गरिनुपर्ने संशोधनका बारे बिचार राखेका थिए । उनीहरूले विद्यमान गुठी संस्थान खारेज भइसकेपछि त्यसको सट्टामा जात्रापर्व सञ्चालन गर्न छुट्टै निकाय गठन गरिनुपर्ने र त्यस्तो निकायको काम गुठीलाई नियन्त्रण गर्ने नभई निरीक्षण मात्रै गर्ने हुनुपर्ने बिचार राखे ।

कार्यक्रममा ज्यापु महागुथि केन्द्रीय समितिका अध्यक्ष राजभाई जकःमि र महानगर समितिका कावा अध्यक्ष नानीहेरा महर्जनले पनि मन्तव्य राखेका थिए ।

काठमाडौं महानगरपालिकाले गुठी विधेयकका सवालमा अरु पनि विभिन्न समुदाय र समूहसँग अन्तरक्रिया गर्दै जाने बताइएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ महानगरले गुठी विधेयकमा स्थानीयसँग सहजीकरण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विवादित गुठी विधेयक बारे सरोकारवाला गुठीयारहरूबीच अन्तरक्रिया गरी सर्वसम्मत अवधारणा निर्माण गर्न सहजीकरणको भूमिका खेल्न आफू तयार रहेको बताएका छन् । काठमाडौं महानगरपालिका सम्पदा

बौद्ध घ्याङ गुठीका चिनियाँ लामालाई बर्खास्त गर्न माग

काठमाडौँ । बौद्ध घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामालाई हटाउन माग गर्दै स्थानीयवासीले बौद्ध स्तुप परिसरमा प्रदर्शन गरेका छन् । चिनियाँ लामाले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपको सम्पदा मास्न

राष्ट्रिय सभाबाट सर्वसम्मतले गुठी विधेयक फिर्ता

काठमाडौं / राष्ट्रियसभाको आजको बैठकले गुठी विधेयक, २०७५ फिर्ता गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको छ । राष्ट्रिय सभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सो

गुठी विधेयक फिर्ता गर्न राष्ट्रिय सभामा पत्र दर्ता

काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता गर्न राष्ट्रिय सभामा औपचारिक रूपमा पत्र (लिखित प्रस्ताव) दर्ता गरेको छ । गुठी विधेयकको विरोधमा उपत्यकामा आन्दोलन चर्किएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सरकारले


z