• २०८१ बैशाख १२ बुधबार

सेल्फी खिच्दा गयो ज्यान

kharibot

रामेछाप । रामेछापको लिखु–तामाकोसी गाउँपालिका–७ हलेदेस्थित तामाकोसी नदी किनारमा सेल्फी खिच्न गएकी युवतीको कोसीले बगाएर मृत्यु भएको छ । भक्तपुर कमल विनायककी १८ वर्षीया शर्मिला कर्माचार्यको खोलाले बगाएर मृत्यु भएको हो ।

उनी भक्तपुरबाट रामेछापको सदरमुकाम मन्थली हुँदै दोलखाको भीमेश्वर मन्दिर दर्शन गर्न जाने क्रममा लिखु–तामाकोसी गाउँपालिका–७ तिल्पुङको हेलेदे भन्ने स्थानमा तामाकोसी नदी किनारमा पुगेर सेल्फी खिच्ने क्रममा लगाएको चप्पल चिप्लिएर तामाकोसी नदीमा खसेकी थिइन् । 

नदीले उनलाई बगाउँदै एक किलोमिटर पर पु-याएको थियो । मन्थली नगरपालिका–१ आकाशेको पक्की पुलनजिक युवती बग्दै आएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मन्थलीको आकाशेमा रहेको सशस्त्र प्रहरी गुल्मबाट गएको टोलीले उनको जीवितै उद्धार गरेको थियो । तर, गम्भीर अवस्थामा उद्धार गरिएकी युवतीको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै