Skip This

मदनकुमार भट्टराईको ‘परराष्ट्रका पात्र’  पुस्तक सार्वजनिक

खरीबोट

काठमाडौँ । आवासीय विद्यालय, ‘मिशन स्कूल’ र विदेशमा पढेका प्रतिस्पर्धीलाई पाखा लगाउँदै गाउँको सामान्य विद्यालयमा पढेको एउटा ठिटो अन्तर्राष्ट्रिय सम्बन्धको जानकार कसरी भयो ?

परराष्ट्र सचिव, जापान र जर्मनीको राजदूत अनि राष्ट्रपति विद्यादेवी भण्डारीको परराष्ट्र मामिला र कूटनीति विषयविज्ञका रुपमा सेवा गरिसकेका मदनकुमार भट्टराईको कूटनीतिक कर्मको झण्डै चार दशकको इतिवृत्त ‘परराष्ट्रका पात्र’ मा समेटिएको छ । 

अन्तर्राष्ट्रिय सम्बन्धमा नै महाविद्यावारिधिको उपाधि हासिल गरेका भट्टराईको स्मरणात्मक कृति किताब प्रकाशनले बजारमा ल्याएको हो ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले आज राजधानीमा विमोचन गर्दै हरेक विषयका जानकार सरल एवं सहृदीय भट्टराईको व्यक्तित्व र कृतित्वको चर्चा गरेका छन् ।

पूर्व राजदूत शङ्कर शर्माले विमोचित कृतिका विविध आयामको समीक्षा गर्दै भट्टराईको सीपयुक्त सुझबुझपूर्ण कूटनीति सञ्चालनको प्रशंसा गरेका थिए ।

पत्रकार घनश्याम खड्का र डा रीता थापाले पुस्तकका केही शीर्षकका विषयवस्तु र सन्दर्भको विश्लेषणात्मक प्रस्तुति पेश गर्नुभएको थियो भने लेखक भट्टराईले पुस्तक लेखनका उद्देश्यबारे जानकारी दिए ।

अन्तर्राष्ट्रिय सम्बन्धबारे रुचि राख्ने विद्यार्थी र अनुसन्धातालगायतलाई बहुउपयोगी उक्त पुस्तक लेखक भट्टराईले आफ्ना मातापिता होमकुमारी र बलराम भट्टराईप्रति समर्पण गरेका छन् ।

रु ६०० मूल्यको उक्त पुस्तकमा ‘जैसीकोठा र मुन्सीखाना, मुन्सी कप्तानदेखि शिष्टाचार महापाल, डाइरेक्टर जनरल: पाँच प्रयोग, विपी र विदेश मामिला’लगायत १० शीर्षकमा लेखक भट्टराईले कलम चलाएका छन् ।

सम्बन्धित समाचार

मित्रताको मूल्य ठुलो हुन्छ, लाभहानिको हिसाबकिताब हुदैन – प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने बताएका छन् ।  विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग प्रधानमन्त्री

कर्णालीका कारागारमा किताब अभियान

सुर्खेत । कर्णाली प्रदेशका जिल्लामा रहेका कारागारमा प्रदेश सरकारले ‘कारागारमा किताब अभियान’ शुरु गरेको छ । उक्त अभियानको आज  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभारम्भ गरेका छन् । सो अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री

सामसुङ ग्यालेक्सी फोल्ड : किताबजसरी मोडिने स्मार्टफोन 

दक्षिण कोरिया । सन् २००९ मा आफ्नो पहिलो स्मार्टफोन बजारमा ल्याएपछि सामसुङले विश्वमा नयाँ प्रविधिको सुरुवात गर्यो । यसको निरन्तरतास्वरूप बिहीवार कम्पनीले सामसुङ ग्यालेक्सी फोल्ड नामक आफ्नो पहिलो फोल्ड हुने

नेपालमा पठन संस्कृतिको विकासबारे एक दिने गोष्ठी सम्पन्न  

काठमाडौं । अनलाइन अर्डर मार्फत पाठकको घर–दैलोमा किताब पु¥याउँदै आएको ‘किताब यात्रा’ले शुक्रबार आफ्नो वार्षिकोत्सवको अवसरमा एक दिवसीय गोष्ठी सम्पन्न गरेको छ । ‘नेपालमा पठन संस्कृतिः हिजो, आज र भोली’


z