• २०८१ बैशाख १३ बिहीबार

नेपाल टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुन असफल

kharibot

काठमाडौँ । आईसीसी टि-२० विश्वकप एसियाबाट छनौट हुन् असफल भएको छ । आज सिंगापुरसँगक ओंतिम खेलमा नेपाल पराजित भएपछि ग्लोबल क्वालिफायरमा छनौट हुन असफल भएको हो ।

नेपाललाई ८२ रनले पराजित गर्दै आयोजक सिंगापुर टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट भएको छ ।

आजको खेलमा सिंगापुरले दिएको १९२ रनको लक्ष्य पछाएको नेपाल १५ ओभरमा १०८ रन बनाउदा अल आउट भएको थियो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले २३, कप्तान पारस खड्काले १२ रन बनाए । त्यस्तै शरद भेस्वाकरले ७ रन, रोहित पौडेलले ५ रन, बिनोद भण्डारीले ९ रन बनाएर आउट भए । त्यस्तै करण केसी, अविनाश बोहोरा र सन्दीप लामिछाने शुन्यमा आउट भए भने सोपमाल कामी ११ रन बनाएर आउट भएका थिए ।

सिंगापुरका बलर सेलाडोर विजयकुमारले सर्वाधिक ४ विकेट लिएका थिए । विनोथ बस्करणले २ तथा अमजद महबुब, जनक प्रकाश र अनन्थ कृष्णले एक एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले नेपाललाई १९२ रनको लक्ष्य दिएको थियो । सिंगापुरले २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको थियो ।

सिंगापुरका लागि टिम डेविडले सर्वाधिक ७७ रन बनाएका थिए । डेविडले ४२ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ७७ रन बनएका थिए ।

त्यस्तै रोहण रंगराजनले ३३ बलमा ४९ रन बनाएर आउट भएका थिए भने मनप्रीत सिंहले २७ बलमा ४२ रन बनाएका थिए । त्यस्तै सुरेन्द्रन चन्द्रमोहन ८ रन बनाएर आउट भएका थिए भने चेतन सुर्यबंशी शुन्यमा आउट भएका थिए ।

सिंगापुरका ब्याट्सम्यानका गाडी नेपाली बलर निकै महँगो साबित भएका थिए । 

नेपालका लागि अविनाश बोहोराले सर्वाधिक ४ विकेट लिएका थिए । बोहोराले १८औ ओभरमा २ विकेट लिदै सिंगापुरलाई ठुलो रन बनाउनबाट रोकेका थिए । बोहोराले ४ ओभरमा ३५ रन दिदै ४ विकेट लिएका थिए ।
त्यस्तै करण केसीले २ विकेट लिएका थिए । करणले ३ ओभरमा २६ रन दिएर २ विकेट लिएका थिए ।

त्यस्तै सन्दीप लामिछानेले ३ ओभरमा ३४ रन दिएर कुनै विकेट लिएनन् भने सोमपाल कामीले ३ ओभरमा १५ रन दिदै विकेट विहिन भएका थिए । बसन्त रेग्मीले ४ ओभरमा ५४ रन दिएर विकेटविहिन बनेका थिए । त्यस्तै शरद भेस्वाकरले ३ ओभर बलिङ गर्दै २५ रन दिएका थिए ।

सिंगापुर ४ खेलमा ३ मा जित सहित ७ अंक जोड्दै ग्लोबल क्वालिफायरका लागि छनौट भएको छ । नेपाल भने ४ खेलमा दुई खेलमा पराजित हुदै  जसमा कतार र मलेसियालाई पराजित गरेको थियो बने वर्षाको कारण खेल रद्ध हुदा कुवेतसँग सिंगापुरले अंक बाडेंको थियो । त्यस्तै नेपाल ४ खेलमा २ मा जित र २  हारका साथ ४ अंक जोड्दै तेस्रो स्थानमा रह्यो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै