• २०८१ बैशाख १३ बिहीबार

नेपाली क्रिकेट फ्यानहरुसँग माफी चाहान्छु – कप्तान पारस

kharibot

काठमाडौँ । आईसीसी टि-२० विश्वकप २०२० एसिया क्षेत्र छनोटअन्तर्गत अन्तिम खेलमा सिंगापुरसँग पराजित भएपछि नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले माफी मागेका छन् ।

खेलपछि कुरा गर्दै कप्तान पारसले छनौट प्रतियोगितामा आफुहरु राम्रो नखेलेको बताउदै नेपाली क्रिकेट समर्थकहरुसँग माफी मागेका हुन् ।

पारसले विश्वकप खेल्ने सपना भएपनि आफुहरु आफ्नो क्षमता अनुसार खेल्न नसकेको स्वीकार गरेका छन् । पारसले भने,'धेरै जनाको सपना थियो । खेलाडीहरुले धेरै मेहनेत गरेका थियौ तर सोचे जस्तो भएन ।'

यस प्रतियोगितामा सबै टिम राम्रो खेलेको भन्दै आफुहरु एकदिवसीय स्ट्याटस रहेकाले आउदो दिनमा राम्रो खेल्ने आशा व्यक्त गरे ।

खेल हारेपछि खेलाडीको, कप्तानको, प्रशिक्षकको आलोचना हुनु स्वभाविक भएको भन्दै आफुहरु यस प्रतियोगितामा डोमिनेट गरेर खेल्न नसकेको स्वीकार गरेका छन् ।

कप्तान पारसले आउदा दिनमा अझै मेहेनत गरेर अगाडी बढ्ने बताउदै कप्तान पारसले नयाँ प्रशिक्षक आएर टिममा धेरै सुधार भएको बताए । तुरुन्तै रिजल्ट राम्रो नआए पनि दिर्घकालमा टिमलाई फाइदा हुने दाबि गरे ।

हामीले आउदा दिनमा जिम्मेवारी अनुसारको क्रिकेट खेल्नुपर्ने बताउदै यस प्रतियोगितामा भएका कमि कमजोरीलाई आउदा दिनमा सुधार्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै