• २०८१ बैशाख १३ बिहीबार

'हिन्दुराष्ट्र र राजसंस्थाको पुन: स्थापनाका लागि प्रवासी नेपालीहरूको महत्त्वपूर्ण भुमिका'

kharibot

काठमाडौ । राप्रपा केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख विजय खडकाले नेपालमा हिन्दुराष्ट्र र राजसंस्था पुन: स्थापना गर्न प्रवासी नेपालीहरूको महत्त्वपूर्ण भुमिका रहने बताएका छन् । 

प्रवासमा वस्ने नेपालीहरू राष्ट्रलाई माया गर्ने, सधै राष्ट्रियताको पक्षमा रहने भएकोले सनातन मुल्य मान्यता जोगाउन प्रवासी नेपालीहरूको भुमिका महत्त्वपूर्ण रहने बताएका हुन् ।

प्रवास विभाग र प्रवासवाट प्रतिनिधित्व गर्ने प्रवासी नेताहरूको काठमाडौमा भएको संयुक्त वैठकलाई सम्बोधन गर्दै खडकाले राप्रपाको मुलधारमा सवै प्रवासी नेपाली समाहित हुनुपर्ने वताउदै नेपाली जनताले आन्दोलनबाट देशको वर्तमान गतिरोध र अराजकताको अन्त्य गर्दै हिन्दुराष्ट्र र राजसंस्थाको स्थापना गर्ने बताए ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा विभागका सदस्य सचिव मनोज ढुङ्गेल, प्रवास कोरियाका अध्यक्ष रविन हुमागाई, युएईका सल्लाहकार शंकर श्रेष्ठ, अमेरिकाका प्रतिनिधि रमेश लुईटेल, भारत प्रतिनिधि विष्णु अग्रवाल, विभागका सदस्यहरू हिक्मत जंग कार्की, श्रेया केसी विमोचन पराजुली, कुवेत प्रतिनिधि अमित कँडेल लगायतले आफ्नो धारणा राखेका थिए ।

वैठकले प्रवास भारतमा संगठन विस्तार गर्न निकट भविष्यमा भ्रमणमा जाने, कुवेतमा संगठन विस्तार गर्ने, प्रवासका सवै तहका समितिहरूले २०७७ वैसाख भित्र अधिवेशन गरिसक्नु पर्ने, अमेरिकामा प्रवासी नेपाली एकता समाज मातहत रहने गरि सनातन हिन्दु सेवा गठन गर्न स्वीकृति दिने लगायतका निर्णय गरेको छ ।

वैठकमा प्रवासी नेताहरूलाई सम्मान गरिएको थियो । सो वैठकमा विभागका सदस्यहरू आशिष शर्मा, सुचित्रा घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै