• २०८१ बैशाख १४ शुक्रबार

इङल्याण्ड र अस्ट्रेलियाको टेस्ट सिरिजको नाम एशेज रहनुको रोचक प्रसंग

kharibot

काठमाडौँ । टेस्ट क्रिकेटको पुरानो र निकै चर्चित सिरिज एशेज सिरिज अगष्ट एकबाट इङल्याण्डमा शुरु हुदै छ । इङल्याण्ड र अस्ट्रेलियाबीचको यो एशेज सिरिज ७१औ एसेज सिरिज हो ।

पहिलो पटक १८७७ मा अस्ट्रेलियाको मेलवर्नमा एशेज सिरिज खेलिएको थियो । एसेजको  ७१औ संस्करण आगामी अगष्ट एक देखि सेप्टेम्बर १६ सम्म ५ टेस्ट खेलको सिरिज हुदै छ । यस रिपोर्टमा हामि इङल्याण्ड र अस्ट्रेलियाबीचको क्रिकेट सिरिजको नाम कसरी रहन गयो र यसको इतिहास कस्तो छ भन्ने बारेमा चर्चा गर्दै छौ ।

एशेज सिरिजको नाम रहनमा रोचक कथा रहेको छ । कुरा १३७ बर्ष पुरानो हो । खासमा 'एसेज' नाम क्रिकेट खेलको समाचारको हेडलाइनबाट लिइएको हो । सन् १९८२ मा इङल्याण्डमा आयोजना भएको अस्ट्रेलियासँगको टेस्ट खेलमा इङल्याण्ड ७ रनले पराजित हुन पुग्यो । इङल्याण्डको जमिनमा अस्ट्रेलियाको यो पहिलो जित थियो ।

यो हार पछि ब्रिटिश पत्रिका स्पोर्टिंग टाइम्सका पत्रकार शिर्ले ब्रुक्सले यस्तो समाचार लेखे,'शोक समाचार, इङलिष क्रिकेटलाई याद गर्दै यति भन्न चाहन्छुकी १९८२ २९ अगस्टमा ओभल ग्राउण्डमा यसको म्म्रित्यु भएको छ । यसका प्रसंशक दुखमा छन् । इङलिश क्रिकेट मर्यो । उसको अन्तिम संस्कार पछि ऐश (खरानी) अस्ट्रेलिया पठाइने छ ।'

यसरी इङलिश क्रिकेट मर्यो भन्ने सो समाचारबाट एशेज शब्दको आविष्कार गरियो । यो समाचार पछि जब इङल्याण्डको टिम अस्ट्रेलिया गयो तब २-१ लेसिरिज जितेको थियो । सो सिरिज जितेपछि इङल्याण्डमा अस्ट्रेलिया पठाएको ऐश (खरानी फिर्ता आएको रुपमा मिडियामा लेखियो र दुवै देशबीचको यस टेस्ट सिरिजलाई 'एशेज' नाम दिइयो ।

अहिलेसम्मका ७० एशेज सिरिजमा अस्ट्रेलिया ३३ पटक विजयी भएको छ भने इङल्याण्ड ३२ पटक विजयी भएको छ । ६५ सिरिजको नतिजा निस्किएकोमा केबल ५ सिरिज बराबरीमा सकिएको छ । त्यस्तै ७० सिरिजका कुल ३३० खेलमा अस्ट्रेलिया १३४ खेलमा विजयी भएको छ भने १०६ खेलमा इङल्याण्ड विजयी भएको छ । जबकी ९० खेल बराबरीमा सकिएका छन्    

अब अगष्ट एकमा ५ टेस्ट खेलको सिरिजको पहिलो खेल हुदै छ । यसका लागि दुवै देशले आफ्नो टिम समेत घोषणा गरिसकेका छन् । सन् २००१ देखि इङल्याण्डमा खेलेका चार एशेज सिरिजमा अस्ट्रेलिया पराजित भएको छ । त्यस्तै पछिल्ला चार सिरिजमा अस्ट्रेलिया केवल ४ खेलमा विजयी भएको छ भने इङल्याण्ड १० खेलमा विजयी भएको छ । जबकी ६ खेल बराबरीमा सकिएका छन् ।      
                                                                   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै