• २०८१ बैशाख १२ बुधबार

सार्वजनिक हुँदै गूगलको क्रोम ७६, गोपनीयता सुरक्षा अझै प्रभावकारी

kharibot

काठमाडौं । गूगलले आफ्नो क्रोम ब्राउजरलाई नयाँ क्रोम ७६ भर्जनमा अपग्रेड गर्ने भएको छ । गूगलले क्रोम ७६ जुलाई ३० अर्थात् भोलि मंगलवार सार्वजनिक गर्ने घोषणा गरेको छ । 

प्रयोगकर्ताको गोपनीयतामा विभिन्न प्रश्न उठिरहेको बेला गूगलले यस अपडेटमा प्रयोगकर्ताको गोपनीयता अरू भर्जनको तुलनामा बढी सुरक्षित रहने बताएको छ । 
यसअघि इनकग्निटो मोडमा पनि प्रयोगकर्ताको एक्टिभीटीलाई वेबसाइटहरुले ट्र्याक गरिरहेको खुलासा भएको थियो । यस विषयलाई गम्भीरतापूर्वक लिँदै अमेरिकी प्रविधि कम्पनीले गूगल क्रोम ७६ ल्याउने भएको हो । 

फ्ल्याश पहिलादेखि नै डिसेबल हुने 

गूगल क्रोममा अब सबै साइटका लागि एडोब फ्ल्याश बाइ डिफल्ट डिसेबल हुनेछ । प्रयोगकर्ताले यसलाई आवश्यकताअनुसार इनेबल गर्न सक्छन् । तर, फ्ल्याशको प्रयोग क्लिक टु प्ले मोडमा मात्रै गर्न सकिनेछ । साथै, क्रोमले प्रयोगकर्तालाई एक वार्निङ नोटिफिकेशन पनि दिनेछ । सन् २०२० को डिसेम्बरदेखि क्रोमले फ्ल्याश प्लेयर सपोर्ट नगर्ने गूगलले जानकारी दिएको छ । 

इनकग्निटो मोडलाई ट्र्याक गर्न नसकिने 

केही वेबसाइटका लागि इनकग्निटो मोड डिसेबल हुँदाहुँदै पनि ती वेबसाइटले फाइल सिस्टम एपीआई रिक्वेस्ट पठाएर प्रयोगकर्ताको इनकग्निटो मोडलाई डिटेक्ट गर्न सक्थे । ती वेबसाइटले यो तरिकाको सहायताले इनकग्निटो मोडमा रहने प्रयोगकतालाई ब्लक गर्न सहज हुन्थ्यो । यसो गर्दा वेबमा पेवाललाई बाइपास गर्न सजिलो हुन्थ्यो । नयाँ अपडेटमा भने गूगलले यो समस्यालाई हटाइएको बताएको छ । 

अटोमेटिक डार्क मोड 

क्रोम ७६ आएपछि वेबसाइटहरुले प्रयोगकर्ताले आफ्नो मोबाइलमा डार्कमोड सेलेक्ट गरेका छन् कि छैनन् भनी थाहा पाउन सक्नेछन् । यदि, प्रयोगकर्ताले डार्क मोड अन गरेका छन् भने साइटहरुले अटोमेटिक नै प्रयोगकर्तालाई डार्क थिमका साथै कन्टेन्टहरु देखाउन सक्छन् । 

इस्केप कीलाई हाइज्याक गर्न नसकिने 

सामान्यतया कुनै साइट भिजिट गर्दा इस्केप की आवश्यकता पर्दैन । यदि गल्तीले कोही प्रयोगकर्ता कुनै मेलिसियस वेबसाइट (जसबाट मेलवेयर हमला हुन सक्छ) मा पुगे भने त्यसबाट बाहिर निस्किन इस्केप कीको आवश्यकता हुन्छ । यस्ता मेलिसियस साइटले इस्केप कीलाई डिसेबल गरेर लगातार पप नोटिफिकेसनले प्रयोगकर्तालाई दुःख दिइरहन्छन् । यस्तोमा इस्केप कीको सहायताले प्रयोगकर्ताले साइट लोड हुनबाट बच्न सक्छन् । 
क्रोम ७६ मा इस्केप कीलाई फिक्स गरिएको छ र प्रयोगकर्ताले यस्ता साइटबाट अब कुनै समस्या झेल्नुपर्नेछैन । 

सजिलै नोटिफिकेसन क्लियर हुन्छ 

अधिकांश प्रयोगकर्ता क्रोम ओएसमा नोटिफिकेसन क्लियर गर्न झञ्झट मान्छन् । किनकि, गूगलको क्लियर अप्सन ‘क्यिर अल’ बटन लिस्टको सबैभन्दा तल देखिन्छ । प्रयोगकर्ताहरु तलसम्म स्क्रल गर्न झञ्झट लाग्ने हुनाले नै उनीहरु नोटिफिकेसन क्लियर गर्दैनन् । तर, अब भने यो झञ्झट हट्ने भएको छ । गूगलले क्रोम ७६ मा नोटिफिकेसन क्लिरका लागि क्लियर अल बटन माथि नै उपलब्ध गराउने भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै