• २०८१ बैशाख १२ बुधबार

प्रतिनिधि सभा फेरी अवरुद्ध : काँग्रेस-राजपाको नाराबाजी

kharibot

फाइल तस्बीर

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीले प्रतिनिधि सभाको आजको बैठक अवरुद्ध गरेका छन् ।

आजको बैठक सुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्ना साथ काँग्रेस र राजपाका सांसदहरुले उठेर बैठक संचालन अवरोध गरेका थिए । सभामुखले सांसदहरु उठेकै बेला शुन्य समय सुरु भएको घोषणा गर्ना साथनै काँग्रेस र राजपाका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए ।

उनीहरुले सर्लाहीका विप्लव नेतृत्वको नेकपाका नेता कुमार पौडेल र यहि असार १५ गते पूर्वपश्चिम राजमार्गको सर्लाही जिल्लाको बाँके चोकमा विरोध प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएका ईश्वरपुर नगरपालिका वडा नं १३ का २६ वर्षीय सरोज नारायण सिंहलाई सर्लाही र महोत्तरीको सीमामा रहेको बाँके नदीमा बालुवा गिट्टी निकाल्न खनेको खाल्डोमा डुबेर स्थानीय बालक १२ वर्षीय अमृत रायको मृत्यु भएको विषयमा संसदीय समिति गठन गर्न माग गरिरहेका छन् ।

काँग्रेस र राजपाको माग अनुसार संसदीय समिति गठन गर्न सत्तारुढ दल नेकपा भने तयार रहेको छैन । सर्लाही घटनामा प्रतिपक्षी दलहरु काँग्रेस र राजपा एक ठाउँमा उभिएर संसद लगातार अवरोध गरिरहेका छन् ।   

यस अघि श्रावण ८ गते कांग्रेस र राजपाले पेश गरेको बाढी, पहिरो, डुबान लगायतका बारेमा जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको थियो ।

सभामुख महराको लगातारको बैठक अवरोध नगर्न गरेको अनुरोधलाई काँग्रेस राजपा सांसदहरुले अश्विकार गर्दै नाराबाजी गरिरहेका थिए । प्रतिपक्षी दलको लगातारको नाराबाजीपछि सभामुख महराले बैठक स्थगित गर्दै अर्को बैठक श्रावण १५ गते बुधबार बस्ने जानकारी दिएका छन् ।                
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै