• २०८१ बैशाख १३ बिहीबार

प्रभु बैंकका दुई नयाँ शाखा सञ्चालन

kharibot

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्ना शाखा विस्तार गरेको छ । 

बैंकले पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ६ स्थित डिमुवामा डिमुवा शाखा कार्यालय र कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं. ७ स्थित विरेठाँटीमा बिरेठाँटी शाखा कार्यालय एकै साथ २ वटा शाखा कार्यालयहरु स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

उक्त कार्यालयहरुमध्ये डिमुवा शाखा कार्यालयको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले र बिरेठाँटी शाखा कार्यालयको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष घनश्याम चपाईले छुट्टाछुट्टै रुपमा आयोजित उद्घाटन समारोहका बिच शाखा कार्यालयका समुद्घाटन गरेका हुन् ।  

आजदेखि सञ्चालनमा आएका प्रभु बैंकका दुवै शाखा कार्यालयहरु उद्घाटनका क्रममा दुवै प्रमुख अतिथीहरुले समुद्घाटन मन्तव्य राख्दै प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको बताए ।

बैंकको शाखा सञ्जाल विस्तारबाट बैंकिङ्ग पहुँचभन्दा टाढा रहेका सेवाग्राहीहरु बैंकिङ्ग पँहुचभित्र आउनुका साथै सम्बन्धित क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने हुनाले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्ने अवसर नगुमाउन उपस्थित सर्वसाधारणहरुलाई आग्रह समेत गरेका थिए । 

आजदेखि सञ्चालनमा आएका बैंकका डिमुवा र बिरेठाँटी शाखा कार्यालयको स्थापना तथा सञ्चालनबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै