विषालु च्याउ खाँदा रोल्पामा तीन जनाको मृत्यु

खरीबोट

प्रतिनिधि तस्बीर ।

रोल्पा । विषालु च्याउ खाँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

लुंग्री गाउँपालिका–६ गुम्चालका अमरसिं बुढाथोकीका श्रीमती, छोरा र छोरी गरी तीन जनाको मृत्यु भएको हो । 

यसरी मृत्यु हुनेमा २५ वर्षीया कर्मली बुढाथोकी, सात वर्षीया सुनिता बुढाथोकी र तीन वर्षीय पुस्कल बुढाथोकी रहेका स्थानीय जेवी विष्टले जानकारी दिए । घर नजिकै जङ्गलबाट आमा कर्मलीले लिएका च्याउ परिवारका तीन सदस्यले खाएका थिए । 

यही साउन ८ गते च्याउ खाएर बिरामी परेका तीनै जनालाई उपचारका लागि भीम अस्पताल रुपन्देही लगिएको थियो । प्रहरीका अनुसार पुस्कलको ११ गते, सुनिताको १२ गते र कर्मलीको आज मृत्यु भएको हो । 

उपचारका लागि लैजाँदै गर्दा पुस्कल र सुनिताको बाटैमा  मृत्यु भएको थियो भने  कर्मलीको भने उपचारका क्रममा  अस्पतालमा मृत्यु भएको बताइएको छ ।

श्रीमान् अमरसिं बुढाथोकी भने रोजगारीका क्रममा खाडी मुलुकमा रहेका बताइएको छ ।
 

सम्बन्धित समाचार

विषालु च्याउ खाँदा रोल्पामा तीन जनाको मृत्यु

रोल्पा । विषालु च्याउ खाँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । लुंग्री गाउँपालिका–६ गुम्चालका अमरसिं बुढाथोकीका श्रीमती, छोरा र छोरी गरी तीन जनाको मृत्यु भएको हो ।  यसरी मृत्यु हुनेमा

अछाममा विषालु च्याउ खाएर एकको मृत्यु, दुईको अवस्था गम्भीर

अछाम । अछाममा जङ्गली च्याउ र निहुरो खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जङ्गली विषालु च्याउ खाँदा स्थानीय


z