• २०८१ बैशाख १२ बुधबार

बोरिस जोन्सन प्रेमिकासहित प्रधानमन्त्री निवासमा

kharibot

लण्डन । बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोनसन र उनकी प्रेमीका कारिस स्यमोन्डस सोमबारदेखिे सरकारी निवासमा सरेका छन् ।

बेलायतको इतिहासमा उनीहरुको जोडी प्रधानमन्त्री निवासमा बस्ने अविवाहित पहिलो जोडी भएको अधिकारीहरुले जनाएका छन् ।

यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेजिक्ट) समस्या समाधान गर्न नसकेकाले निवर्तमान प्रधानमन्त्री टरिजा मेको बहिगर्मनपछि बोरिस प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । 

“प्रधानमन्त्री बोरिस आजदेखि औपचारिकरूपमा प्रधानमन्त्री निवासमा बस्न थाल्नु भएको छ, उहाँकी प्रेमीका पनि यही बस्नुहुनेछ,” प्रधानमन्त्रीको सरकारी निवासका प्रवक्ताले भने । 

प्रधानमन्त्री बोरिस ५५ बर्ष र उहाँकी प्रेमीका स्यमोन्डस ३१ बर्षकी छन् । उनीहरु पहिलाका प्रधानमन्त्रीहरु बस्नेगरेको स्थानमा भने नबस्ने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै