• २०८१ बैशाख ६ बिहीबार

सुपर कम्युटरको भविष्यवाणी : प्रिमियर लिग सिटी र च्याम्पियन्स लिग रियलले जित्ने !

kharibot

फाइल तस्बीर

काठमाडौं । युरोपको ठुलो लिग मध्येको एक प्रिमियर लिग फुटबल अगस्ट १० देख इसुरु हुदै छ । अहिले सबै क्लबहरु आफ्नो प्रि-सिजन टुर र प्रशिक्षणमा व्यस्त छन् भने नयाँ खेलाडी किनबेचमा समेत व्यस्त रहेका छन् ।

यसैबीच बिटी स्पोर्ट्सको सुपर कम्यूटरले आउदो सिजनको प्रिमियर लिग म्यानचेस्टर सिटीले नै जित्ने भविष्यवाणी गरेको छ ।

सुपरकम्युटरको भविष्यवाणी अनुसार सिटीले लगातार तेस्रो पटक प्रिमियर लिग जित्ने बताएको छ भने लिभरपुल फेरी पनि दोस्रो हुने छ ।

त्यस्तै टोटनह्याम तेस्रो, चेल्सी चौथो र आर्सनल पाँचौ हुने भविष्यवाणी गरेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेड छैठौ हुने भविष्यवाणी गरेको छ ।

त्यस्तै प्रिमियर लिगमा न्युक्यासल, नर्विच र शेफिल्ड युनाइटेड रेलिगेसनमा पर्न सक्ने भविष्यवाणी गरेको छ ।

साथै लिभरपुलक मोहमद सलाहले यस बर्षपनि प्रिमियर लिगमा धेरै गोल (२९ गोल) गर्दै गोल्डेन बुट जित्ने भविष्यवाणी गरीएको छ ।  

त्यस्तै सुपर कम्प्युटरले च्याम्पियन्स लिग रियल म्याड्रिडले जित्ने बताएको छ । रियल म्याड्रिडले बायर्न म्युनिखलाई फाइनलमा हराएर जिदानले फेरी च्याम्पियन्स लिग जित्ने भविष्यवाणी गरेको छ । त्यस्तै बार्सिलोना र युभेन्टस सेमिफाइनलमा पराजित हुने बताएको छ भने चेल्सी, लिभरपुल, पिएसजी र लियोन क्वाटरफाइनल सम्म पुग्ने भविष्यवाणी गरेको छ ।

बिटी स्पोर्ट्सले एक विशिष्ट टिम बनाएर अत्याधुनिक प्रविधिको प्रयोग गरेर यस्तो भविष्यवाणी गरेको मिडिया रिपोर्टमा जनाइएको छ । विश्व फुटबलमा विश्वसनीय मानिएको ओप्टाको डाटालाई विश्वकी प्रमुख डाटा वैज्ञानिक तथा रियल टाइम स्पोर्ट्स अनालिष्ट एक्पोर्ट स्क्युवकाले यसको विश्लेषण गरेको बताइएको छ ।                                                

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै