• २०८१ बैशाख ६ बिहीबार

भारतीय युवा ब्याट्सम्यान पृथ्वी शालाई ८ महिनाको प्रतिबन्ध

kharibot

काठमाडौँ । भारतीय युवा ब्याट्सम्यान पृथ्वी शालाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले ८ महिनाको प्रतिबन्ध लगाएको छ । पृथ्वी शा डोपिङ टेस्टमा फेल भएपछि ८ महिनाको लागि प्रतिबन्ध लगाएको हो ।

भारतको टेस्ट क्रिकेटका ओपनरसमेत रहेका पृथ्वीलाई गत मार्च १६ देखि नोभेम्बर १५ सम्म प्रतिबन्ध लगाइएको छ ।

हाल इन्जुरीका कारण सक्रिय क्रिकेटमा नरहेका युवा पृथ्वी शा गत फेब्रुअरी २२ मा लिएको डोपिङ नमुनामा फेल भएका थिए ।

पृथ्वीले गत फेब्रुअरीमा मुश्ताक अली ट्रफीका क्रममा कफ सिरप खाएको र सो काफ सिरप मा वाडाको प्रतिबन्धित सुचिमा समावेश रहेको टेरबुटालीन हुने र त्यसैको आधारमा उनलाई प्रतिबन्ध लगाएको हो ।

पृथ्वीले आफ्नो गल्ति स्वीकार गर्दै आफूबाट गल्ति भएको बताएका छन् । यो घटनाले आफु निकै आहात भएको बताएका छन् । 

पृथ्वी शाले पछिल्लो पटक २०१८ अक्टुबर २३ मा वेस्टइन्डिजविरुद्ध खेलेका थिए । उनले भारतका लागि दुई टेस्ट खेल खेल्दै एक शतक र एक अर्धशतक बनाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै