Skip This

सडकमा पोखरी !

खरीबोट

काठमाडौँ । भक्तपुरको निकोसेरास्थित सडकमा खाल्डाखुल्डी भई पानी जमेर पोखरीजस्तै देखिएको दृश्य । उक्त स्थानमा अघिल्लो वर्षातमा पनि त्यस्तै खाल्डाखुल्डी परेर निकै लामो समयसम्म त्यस क्षेत्रका बासिन्दाले सास्ती भाग्नु परेको थियो । एक महिनाअघि नगरपालिकाले ग्राभेल गरेकामा १५ दिन नबित्दै त्यस स्थान अहिले यो दृश्यमा परिणत भएको छ । तस्वीर : नारायण न्यौपाने 

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली स्वर्ण पदक विजेतासँग !

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा बुधबार १३औ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा एकभन्दा बढी स्वर्ण विजयी गौरिका सिंह, मन्डेकाजी श्रेष्ठ, आयशा शाक्य र सुवास तामाङ  । तस्वीर : रोशन सापकोटा/रासस   

पाप नष्ट गराउने डोटीको गाई बाच्छे ढुंगा !

डोटीको बडीकेदारमा रहेको गाई बाच्छे ढुङ्गा परिक्रमा गर्दै भक्तजन । गाई बाच्छे  ढुङ्गा परिक्रमा गरे सम्पूर्ण पाप नष्ट हुन्छ भन्ने स्थानीयको भनाई रहेको छ ।  तस्वीर : विमलबहादुर विष्ट/रासस   

सुन्दर मनास्लु हिमाल !

मनाङ,नासों गाउँपालिका ७ भिमथाङबाट देखिएको मनासलु हिमालको दृश्य । यो वर्षमा एक सय ४३ जना  स्वदेशी तथा विदेशी आरोहीले सफल आरोहण गरेको पर्यटन बोर्डले जनाएको छ । तस्वीर : नवीन

नदी तर्न ट्युबको सहारा !

डोटीको दिपायल सिलगढी नगरपालिका -१ बाफीका वृद्धा र बालक ट्युबको सहारामा सेती नदी तर्दै । पुल नहुँदा स्थानीयलाई सेती नदी वारपार गर्न कष्टकर भएको छ । तस्वीर : विमलबहादुर विष्ट/रासस   


z