• २०८१ बैशाख ६ बिहीबार

फिफाद्वारा बर्षको उत्कृष्ट कोचको मनोनयन सार्वजनिक

kharibot

काठमाडौँ । फिफाले सन् २०१९ को उत्कृष्ट प्रशिक्षकका लागि १० जनाको मनोनयन सार्वजनिक गरेको छ ।

१६ जुलाई २०१९ देखि १९ जुलाई २०१९ सम्म को प्रदर्शनका आधारमा १० मनोनयन सार्वजनिक गरीएको छ । मतदान सकिएपछि फिफाले उत्कृष्ट तीन जनाको सुची जारी गर्ने जनाएको छ ।

बर्षका उत्कृष्ट कोचमा हालै अल्जेरियालाई अफ्रिकी कप जिताएका कोच डिजामेल बेलमाडी, फ्रान्सलाई गतबर्ष विश्वकप जिताएका कोच डिडियर डेसचाम्प्स, रिभरप्लेटका प्रशिक्षक मार्सेलो गलार्डो, कोपा अमेरिकाको फाइनलसम्म पेरुलाई पुर्याएका कोच रिकार्डो ग्रसिया, म्यानचेस्टर सिटीलाई प्रिमियर लिग जिताएका कोच पप गुआर्डीओला, लिभरपुललाई च्याम्पियन्स लिग जिताएका जर्गन क्लोप, टोटनह्यामलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका माउरीसीयो पोचेट्टीनो, पोर्चुगललाई युइएफए नेशन्स लिग जिताएका फेर्नान्डो सान्तोस, अयाक्सलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्याएका र नेदरल्याण्डसको घरेलु लिग जिताएका एरिक टेन हग र ब्राजिललाई कोपा अमेरिकाको उपाधि जिताएका टिटे मनोनयनमा परेका छन् ।                                                    

फिफाको वेस्ट बर्ष खेलाडी र बर्षको बेस्ट कोचको छनौट फिफामा आवद्ध सबै देशका राष्ट्रिय कोच र कप्तान तथा क्षेत्रीय प्रतिनिधित्व हुनेगरी छनौट भएका एक विशेषज्ञ पत्रकार तथा फिफा डट कममा विश्वभरका फुटबल फ्यानहरुले मतदान गरेर छनौट गरिने फिफाले जनाएको छ ।

फिफाले जुलाई ३१ देखि अगष्ट १९ सम्म मतदान हुने जानकारी दिएको छ । फिफाका अनुसार सेप्टेम्बर २३, २०१९ मा मिलानमा आयोजना हुने कार्यक्रममा अवार्ड वितरण गरिने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै