• २०८१ बैशाख ८ शनिबार

रुपन्देही जिल्लामा नेकपाको कार्यविभाजन सम्पन्न 

kharibot

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताको लामो समयपछि जिम्मेवारी बाँडफाँड टुङ्गिएपछि पार्टीका गतिविधिमा सक्रियता देखिन थालेको छ । प्रदेश नं–५ का १२ जिल्लामा जिम्मेवारी तोकिने क्रमसँगै सक्रियता बढेका छन् । 

नेकपा रुपन्देहीको दोस्रो पूर्ण बैठकले आज जिल्लाका विभाग गठन गर्नुका साथै जिम्मेवारी बाँडफाँड तथा कार्यविभाजन सर्वसम्मत रुपमा गरेको छ । बैठकले जिल्लामा विभिन्न विभागको जिम्मेवारीमा स्कुल विभाग प्रमुखमा पार्टी जिल्ला अध्यक्ष शिवराज सुवेदी, सङ्गठन र प्रशासन तथा राजकीय मामिला विभागमा जिल्ला प्रमुख सचिव नारायण जिसी रहेका छन् । 

यस्तै कोष तथा आर्थिक व्यवस्थापन र उद्योग व्यवसाय विभाग प्रमुख गोपाल राना, अर्थ तथा योजना विभाग प्रमुख मीनप्रसाद पौडेल, प्रचार विभाग प्रमुख मोहन चापागाईं, सहकारी विभाग प्रमुख ऋषि सापकोटा, स्थानीय तह विभाग प्रमुख चित्रबहादुर कार्कीलाई जिम्मेवारी तोकेको प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए ।

यस्तै कानून विभागमा खुमाकान्त पौडेल, सामाजिक सेवा विभागमा खेमप्रसाद लुइँटेल, शिक्षा तथा मानवस्रोत विभागमा युवराज घिमिरे, कृषि तथा भूमिसुधार विभागमा अयोध्या थारु र वन तथा वातावरण विभागमा बेद गिरीलाई जिम्मेवारी तोकिएको प्रचार विभाग प्रमुख चापागाईंले जानकारी दिए ।

यस्तै बैठकले जिल्लाका पाँच निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं– १ मा यज्ञ गैरे, २ नं– मा तेजेन्द्र केसी, ३ नं मा हितराज पन्थी, ४ नं मा गुलाम अली र क्षेत्र नं–५ मा नरबहादुर थापालाई जिम्मेवारी तोकेको छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज शङ्कर पोखरेलले पार्टी एकताको सन्देश र सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारले गरेको जनपक्षीय कामलाई जनतामाझ पुर्याउन पार्टी कमिटी सक्रियताका साथ लाग्न निर्देशन दिए ।

यस्तै पार्टी प्रदेश अध्यक्ष ओनसरी घर्तीले पार्टी एकता एउटा महत्वपूर्ण उपलब्धि भएकाले एकताको जगलाई अझै बलियो बनाउन पार्टी नेतृत्वको निर्णयलाई पालना गर्नुपर्नेमा जोड दिए । त्यस अवसरमा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज लीला गिरी, प्रदेश सचिव जोगप्रसाद शर्मा लगायतले पार्टी एकताको सन्देश आम जनतासम्म पु¥याउन जिम्मेवारी पूर्वक लाग्न आग्रह गरे ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै