• २०८१ बैशाख ७ शुक्रबार

उपनिर्वाचनको मिति तोक्न आयोगले बोलायो सर्वदलीय बैठक

kharibot

काठमाडौँ ।  निर्वाचन आयोगले स्थानीय तहदेखि संघीय संसदसम्म प्रतिनिधित्व गर्ने दलहरुलाई आज छलफलका लागि बोलाएको छ ।

रिक्त रहेको स्थानीय, प्रदेश र संघीय संसदको उपनिर्वाचनको मिति तय गर्न आयोगले दलहरुलाई छलफलका लागि बोलाएको हो । दलहरुसँग छलफल गरेर उपनिर्वाचनको मिति घोषणा गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

आयोगले आगामी मंसिरभित्रै उपनिर्वाचन गराउनेगरी तयारी गरेको छ । तर, दलहरुसँगको छलफलपछि मात्रै मिति तय हुने थपलियाले बताए । छलफलमा १८ दललाई बोलाइएको छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा एक र प्रदेश सभाका तीन ठाउँ रिक्त छ। यस्तै स्थानीय तहका चार जना प्रमुख र एक उपप्रमुखका लागि उपचुनाव गर्नुपर्नेछ । अहिले देशभरीका ३८ वटा वडाहरुमा समेत अध्यक्ष छैनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै