• २०८१ बैशाख ८ शनिबार

नदीले बगाउँदा विद्यार्थी बेपत्ता

kharibot

मेलम्ची । सुनकोशी नदीले बगाउँदा बलेफी गाउँपालिका–७ स्थित बालशिक्षा माध्यमिक विद्यालयका एक विद्यार्थी बेपत्ता भएका छन् ।

आज बिहान ९:१५ बजेको विद्यालय छेउको नदीले बगाउँदा कक्षा ७ मा अध्ययनरत विजय नेपाल बेपत्ता भएका हुन् । 

उनको खोजी कार्य भइरहेको छ । प्रहरी चौकी लामोसाँघुबाट गएका प्रहरी, विद्यालयका शिक्षक तथा स्थानीयवासीले खोजी गरिरहेका छन् ।

बल खेल्ने क्रममा खेलिरहेको बल खोलामा पुगेपछि उनी बल निकाल्नका लागि खोलामा पसेका थिए ।  “खेलिरहेको बल खोलामा पुगेपछि झिक्नका लागि गएका रहेछन्”, शिक्षक हरेराम नेपालले भने ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै