• २०८१ बैशाख ८ शनिबार

देशका विभिन्न ठाउमा एनसेलका टावरमा आगलागी

kharibot

डोटीको जोरायल गाउँपालिका–१ गोगनपानीमा बुधबार राति अज्ञात समूहले गरेको आगजनीबाट क्षतिग्रस्त एनसेलको टावर । तस्वीर : विमलबहादुर विष्ट

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले एनसेलका २१ भन्दा बढी टावरमा आगजनी गरेका छन् ।

बुधबार राति र बिहीबार बिहान भएका घटनामा विभिन्न जिल्लामा एनसेलका २१ टावरमा क्षति पुगेको हो । त्यस्तै नेपाल टेलिकमको एउटा टावरमा आगजनी भएको छ ।

विभिन्न जिल्लाबाट प्राप्त विवरण अनुसार ललितपुर, सिन्धुपाल्चोक, तनहुँ, मोरङ, पोखरा, बेनी, डोटी, गोरखा, नवलपुर कैलाली, बाँके, बैतडी, सल्यान र भोजपुरमा एनसेलका टावरमा आगजनी भएको छ ।

प्राप्त विवरण अन्सुआर कैलालीमा मात्र चारवटा टावरमा आगजनी भएको छ । त्यस्तै नेपालगञ्जमा २ वटा टावरमा क्षति पुगेको भने धादिङका ३ वटा टावरमा आगजनी भएको छ ।

यस्तै, सल्या र बैतडीमा एक एक वटा टावरमा आगजनी भएको छ ।  अर्घाखाँचीमा नेपाल टेलिकमको एउटा टावरमा क्षति पुगेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै