• २०८१ बैशाख १२ बुधबार

कपिलवस्तु समाजवादी पार्टीका नेतामाथि गोली प्रहार

kharibot

कपिलवस्तु । कपिलवस्तुमा समाजवादी पार्टीका गाउपालिकाका पार्टी अध्यक्षमाथि गोली प्रहार भएको छ । 

शुद्धोधन गाउपालिकाका पार्टी अध्यक्ष रामनयन यादवमाथि गोली प्रहार भएको हो । 

मोटरसाइकलमा आएका दुईजना व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए । उनको हातको पाखुरामा गोली लागेको छ । उनी खतरामुक्त रहेको समाजवादी पार्टीले जानकारी दिएको छ ।

गोली कसले के कारणले चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यादव शुद्धोधन गाउपालिका वडा नम्बर ५ हथियाबासी हुन् । उनको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ ।                
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै