शुल्क वृद्धिको विरोधमा शिक्षामन्त्रीलाई नेविसंघको ज्ञापनपत्र

खरीबोट

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले शिक्षण संस्थाले बढाएको चर्को शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ ।

नेविसंघले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई भेटेर निजी शिक्षण संस्थाले बढाएको चर्को मूल्य फिर्ता लिन माग गर्दै ज्ञानपत्र बुझाएको हो ।  

ज्ञापनपत्र बुझाउँदै नेविसंघका नेता लिलावल्लभ दाहालले कक्षा ११ र १२ को भर्नाको क्रममा निजी शैक्षिक संस्थाले चर्को शुल्क असुलेको आरोप लगाए । निजी शिक्षण संस्थाले बेथिती नरोके नेविसंघले सडक सङ्घर्ष गर्ने उनको भनाइ थियो ।

नेविसंघका नेता मोतीलाल भण्डारीले विद्यालय तहदेखि नै विश्वविद्यालयसम्मको सरकारी शिक्षा धरासयी बन्दै जानु र नीजी शिक्षामा मनोमानी ढङ्गले रकम उठाएकाले विद्यार्थी मारमा परेको बताए । 

भेटका क्रममा शिक्षामन्त्री पोखरेलले कक्षा १२ सम्मको शिक्षा स्थानीय तहले हेर्ने गरेको बताउँदै कार्यविधि बनाएर चर्को शुल्क घटाउन सरकार लाग्ने बताए । चाँडै तीन तहको सरकारबीच छलफल गरी शिक्षा क्षेत्रमा देखिएको अन्योलता हटाउने मन्त्री पोखरेलको भनाइ थियो ।
 

सम्बन्धित समाचार

सीमा विवादबारे शिक्षामन्त्री पोखरेलबाट भारतीय मन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । फ्रन्सको पेरिसमा जारी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को ४० औँ महासभा बैठकका क्रममा भारतीय समकक्षीसँगको भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई देशबीचको सीमा

युनेस्को महासभामा शिक्षामन्त्री पोखरेल

काठमाडौँ । फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को ४० औँ महासभामा नेपालका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतितिधित्व गरिरहेका छन्। (युनेस्को)को मुख्यालयमा जारी

शिक्षामन्त्रीका १९ महिना : ३६ काम

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अहिलेसम्मको आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् ।  मन्त्री पोखरेलले मन्त्रालय सम्हालेको १९ महिना १९ दिनको अवधिमा आफूले गरेका ३६ बुँदे

आफूखुशी वृद्धि गरेको शुल्क फिर्ता गर्नुहोस् : शिक्षामन्त्री पोखरेल 

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निजी मेडिकल कलेज सञ्चालकलाई मेडिकल शिक्षाको आफूखुशी वृद्धि गरिएको शुल्क फिर्ता गर्न आग्रह गरेका छन् ।  अनेरास्ववियुले आज यहाँ आयोजना गरेको ‘चिकित्सा शिक्षाका


z