• २०८१ बैशाख ६ बिहीबार

शुल्क वृद्धिको विरोधमा शिक्षामन्त्रीलाई नेविसंघको ज्ञापनपत्र

kharibot

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले शिक्षण संस्थाले बढाएको चर्को शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ ।

नेविसंघले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई भेटेर निजी शिक्षण संस्थाले बढाएको चर्को मूल्य फिर्ता लिन माग गर्दै ज्ञानपत्र बुझाएको हो ।  

ज्ञापनपत्र बुझाउँदै नेविसंघका नेता लिलावल्लभ दाहालले कक्षा ११ र १२ को भर्नाको क्रममा निजी शैक्षिक संस्थाले चर्को शुल्क असुलेको आरोप लगाए । निजी शिक्षण संस्थाले बेथिती नरोके नेविसंघले सडक सङ्घर्ष गर्ने उनको भनाइ थियो ।

नेविसंघका नेता मोतीलाल भण्डारीले विद्यालय तहदेखि नै विश्वविद्यालयसम्मको सरकारी शिक्षा धरासयी बन्दै जानु र नीजी शिक्षामा मनोमानी ढङ्गले रकम उठाएकाले विद्यार्थी मारमा परेको बताए । 

भेटका क्रममा शिक्षामन्त्री पोखरेलले कक्षा १२ सम्मको शिक्षा स्थानीय तहले हेर्ने गरेको बताउँदै कार्यविधि बनाएर चर्को शुल्क घटाउन सरकार लाग्ने बताए । चाँडै तीन तहको सरकारबीच छलफल गरी शिक्षा क्षेत्रमा देखिएको अन्योलता हटाउने मन्त्री पोखरेलको भनाइ थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै