• २०८१ बैशाख १३ बिहीबार

गायक सुशान्त बने सोमर्स्वीको ब्रान्ड एम्बेसडर

kharibot

काठमाडौँ । सोमर्स्वी एप्पल साइडरले युवा माझ लोकप्रिय तथा चर्चित गायक सुशान्त के.सीलाई यही साउन १६ बाट लागु हुने गरी एक वर्षको लागि ब्रान्ड एम्बेष्डर घोषित गरेको छ । 

नेपाली युवाहरुमाझ प्रचलित स्फुर्तिदायी पेय “ सोमर्स्वी एप्पल साइडर” र युवावर्ग माझ सांगीतिक क्षेत्रका प्रिय र प्रख्यात गायक सुशान्त के.सी ले फ्रेन्डसीप महिनालाई अझै सुरीलो र यादगार बनाउन सहकार्य गरेका छन्  ।

गोर्खा ब्रुअरी प्रालिका मार्केटिङ्ग डाइरेक्टर बैभव शर्माले भने, “हामी यो सहकार्यबाट दूबैबीच परिपुरक हुनेमा विश्वस्त गर्छौ । यो फ्रेन्डसीप महिनामा हाम्रा युवा उपभोक्ताहरुले उहाँको सांगीतिक धुनसँग रम्दै र मस्त रहँदै चिसो सोमर्स्वीको साथमा अझै नयाँ सम्झनाहरु यादगार बनाउने छन् ।” 

सुशान्त प्रसन्न हुँदै भने, “म यो सहकार्यबाट एकदमै आशावादी छु र सोमर्स्वीसँगको यो यात्रा अविस्मरणीय रहनेमा विश्वास गर्छु । ब्रान्डसँग आवद्ध रही मलाई हाम्रो देशका युवामाझ सांगीतिक यात्रा लिएर जुर्ने अवसर प्राप्त भएको छ । मलाई आशा छ सोमर्स्वीका विशेषतालाई मैले परिभाषित गर्न सक्नेछु । ”

फ्रेन्डसीप महिना अभियान 

सोमर्स्वीले अन्तराष्ट्रिय फ्रेन्डसीप महिना – अगस्ट २०१९ लाई ध्यानमा राखी नयाँ प्रचार प्रावधान “सोमरफन वीथ फ्रेन्डस, डाट्स वन्डरफुल ” उपभोक्तामाझ सार्वजनिक गरेको छ । यो योजना नेपालभरका ५०० भन्दा बढी विक्रि केन्द्रहरुमा उपलब्ध रहनेछ । साथै यो अवधिभर गायक सुशान्त के.सीले धरान, बुटवल, काठमाडौँ, पोखरा र नारायणगढमा सांगीतिक यात्रा गर्नेछन् ।

नेपालमा सोमर्स्वी एप्पल साइडर

सोमर्स्वी नेपाली बजारमा एकमात्र उपलब्ध रहेको एप्पल साइडर हो र गोर्खा ब्रुअरी प्रा.लि. ले मे २०१६ मा यो पेय सार्वजनिक गरेको हो ।  तत्पश्चात् यो नेपाली युवामाझ लोकप्रिय रहि आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै