• २०८१ बैशाख ७ शुक्रबार

सुत्दा घुर्ने समस्या छ ? समाधानको लागि आयो स्मार्ट बेड !

kharibot

काठमाडौँ । प्रविधिले हामो जीवनलाई निकै सहज बनाउदै लागेको छ । हरेक दिन जस्तो आउने नयाँ नयाँ प्रविधिले जीवनका अनेक पक्षलाई सजिलो र सहज बनाएको छ । यसै बीच राति सुत्दा घुर्ने बानी भएकाहरुका लागि स्मार्ट बेडको निर्माण भएको छ ।

म्याट्रेस म्यनिफ्यक्चररले घुर्ने बानी भएकाहरुका लागि स्मार्ट बेडको डिजाइन गरेको छ । अमेरिकाको टेम्पर सिली इन्टरनेशनल नाम गरेको कम्पनीले टेम्पर इर्गो स्मार्ट बेस कलेक्सन नाम गरेको बेडमा स्लिप ट्रयाकर प्रविधि जडान गरिएको छ ।

बेडमा म्याट्रेसको तल सेन्सर जोडिएको र यसले घुर्ने बेलाको मोशन पत्ता लगाएर यसलाई कम गर्न मद्धत गर्दछ । साथै यस बेडमा मुटुको गतिलाई समेत ट्रयाक गर्ने हुनाले सुतेको बेलामा कम स्वास (अक्सिजन) फोक्सोमा गएकाले घुर्ने समस्या आएको पत्ता लगाएर कम गर्न सहयोग गर्दछ ।

फोक्सोमा कम अक्सिजन गएको ट्रयाक गर्ना साथ बेद आफै तपाईको शरीरको पोजिसन बदलिदिन्छ । जसले गर्दा आरामले सुत्न सकिन्छ । साथै घुर्न शुरु गर्नासाथ यो बेडले टाउकोलाई केहि माथि उठाईदिन्छ । यसो हुदा सास फेर्न सजिलो हुन्छ र घुर्ने समस्या बन्द हुन्छ ।

सामान्यतया तकिया राखेर सुत्दा घुर्ने कमि हुने पुरानो तरिका हो तर यस बेडमा यो सबै अटोमेटिक रुपमा हुने हुनाले सुत्नेलाई समेत यो प्रक्रिया थाहा नहुने बताइएको छ । यस बेडको मुल्य अहिले करिब २२ सय अमेरिकी डलर रहेको छ ।

यस बेडको प्रमुख विशेषता घुर्ने समस्या कम गर्ने हो भने यो बाहेक पनि अन्य कैयौ विशेषता रहेका छन् । यसले सुतेको कोठाको तापक्रम ट्रयाक गर्ने देखि एप्प्सको मद्दतले स्लिप रिपोर्ट समेत दिने गर्दछ । यसले निद्रा कस्तो भयो या कसरी राम्ररी निदाएर सुत्न सकिन्छ भन्ने जानकारी समेत दिन्छ । यसमा गुगल होम र अमेजन अलेक्साको सपोर्ट समेत लिएर भ्वाइस कमाण्ड समेत दिइएको छ । 
        
                      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै