• २०८१ बैशाख ७ शुक्रबार

इन्डोनेसियामा ७.४ म्याग्नीच्युडको भूकम्प, सुनामीको चेतावनी

kharibot

जाकार्ता । इन्डोनेसियामा शुक्रबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । 

देशको बान्तेन प्रान्तमा स्थानीय समय अनुसार बेलुका ७.३० बजे भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । 

इन्डोनेसियाको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले भूकम्पपछि सुनामी समेत आउने चेतावनी दिएका छन् । 

बान्तेनको पान्डेन्लाङदेखि १४७ किलोमिटर दक्षिणपश्चिम तर्फ भूकम्पको केन्द्र विन्दु रहेको विभागले जनाएको छ । 

अधिकारीहरुका अनुसार बान्तेन र दक्षिणी सुमात्रालगायतका क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ ।

सुनामीले पान्डेग्लाङ, पश्चिम जाभाको सुकाबुमी, सुमात्राको लाम्पुङ र बेङकुलु प्रान्तमा असर पार्न सक्र्ने अधिकारीहरुले अनुमान गरेका छन्  ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै