• २०८१ बैशाख ८ शनिबार

सिन्धुलीको लब्दाह खोलामा डुबेर बालकको मृत्यु

kharibot

सिन्धुली । कमलामाई नगरपालिका–४ लब्दाह खोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ । 

खोलामा नुहाउन गएका फिक्कल गाउँपालिका– ५ सोल्पाका १० वर्षीय जेनिश श्रेष्ठको डुबेर मृत्यु भएको हो ।

प्रहरी उपरीक्षक चक्रबहादुर सिंहका अनुसार नुहाउन क्रममा श्रेष्ठ पानीमा डुबेका थिए । बेहोस भएका उनलाई स्थानीयवासीले उपचारका लागि सिन्धुली अस्पताल लगेका थिए । उनी जनज्योति माध्यमिक विद्यालय फोस्रेटारमा कक्षा २ मा अध्ययनरत थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै