• २०८१ बैशाख १२ बुधबार

वैज्ञानिकहरुले बनाए पहिलो मानव–बाँदर हाइब्रिड

kharibot

चीन । मानिसका पूर्वज बाँदर भएको त सबैलाई थाहै छ । वैज्ञानिकहरुले पहिलोपटक मानिस र बाँदरको हाइब्रिड तयार पारेका छन् । मानिसहरुको जीवन बचाउन अंग प्रत्यारोपणमा यो हाइब्रिडको उपयोग गर्न सकिने उनीहरुको भनाइ छ । यस दिशामा प्रयास निरन्तर जारी राख्ने वैज्ञानिकहरुले दाबी गरेका छन् ।

प्रयोगकर्ता वैज्ञानिकहरुको समूहले भ्रूण बनाउन सकिने गरी मानव कोशिकालाई बाँदरमा प्रवेश गराइएको बताए । यद्यपि, शिशु जन्म लिनुभन्दा पहिले नै यो प्रयोग रोकिएको थियो । स्पेनका वैज्ञानिकले आफ्नो देशमा यस प्रकारको परीक्षणको अनुमति नभएकाले चीनमा यस्तो प्रयोग गरेका थिए । 

यो भ्रूणलाई अंगको विकास गर्ने जिनलाई निष्क्रिय गर्न पहिले नै जेनेटिकल्ली मोडिफाई गरिएको थियो ।

मानव कोशिका हाइब्रिड शिशुको मस्तिष्कमा पनि प्रवेश गर्न सक्छ र यसबाट मानिसलाई असर पुग्न सक्ने भएकाले यो प्रयोगमा एक नैतिक प्रश्न पनि नउठेको भने होइन ।

बार्सिलोना रिजेनेरेटिभ मेडिसिन सेन्टरका एन्डल रोयले यो प्रयोग नैतिक रूपले सही नभएको बताए । उनले भने, ‘यदि जनावरभित्र मानिसको जस्तो दिमाग आयो भने के होला ? यदि स्टेम सेल स्पर्म सेल बन्यो भने त्यसले आफै आफूजस्तो हाइब्रिड जन्माउन थाल्नेछ ।’

प्रयोगमा संलग्न एस्त्रेला नुनेजका अनुसार यस प्रयोगमा हाइब्रिडबाट मानिसलाई कुनै पनि नोक्सानी नपुगोस् भनी ध्यान दिइएको छ । यदि मानव कोशिका दिमागसम्म पुगे भने त्यो आफै नष्ट हुने उनको भनाइ छ । डा. रोयका अनुसार यो प्रयोगका लागि १४ दिनको समय निर्धारण गरिएको थियो र सो अवधिमा भ्रूणमा मानिसको स्नायु प्रणाली विकास हुनु सम्भव छैन ।

सन् २०१७ मा पहिलोपटक ह्युमन–पिग हाइब्रिड विकासकर्ता हुआँ कारलोसले यो प्रयोगबारे भने, ‘हाल हामीले मानिस र सुँगुरको हाइब्रिडको बारेमा मात्र सोचिरहेका छैनौं, अन्य जनावरमा पनि यस्तो प्रयोग गर्न चाहन्छौं ।’ यो विषयमा स्पेन अन्य देशको तुलनामा धेरै अघि रहेको उनको भनाइ छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै