• २०८१ बैशाख ६ बिहीबार

नासाले खोज्यो सुपर अर्थ, जहाँ छ जीवनको सम्भावना

kharibot

अमेरिका । नासाले एक नयाँ सौर्य मण्डलको खोज गरेको छ । उक्त सौर्य मण्डलमा तीन नयाँ ग्रह भएको पत्ता लागेको छ । यसमा एक सुपर अर्थ पनि भएको नासाको भनाइ छ । नासाले आफ्नो ट्रान्जिटिङ एक्सोप्लानेट सर्वे स्याटलाइट (टीईएसएस) को सहायताले यसको खोजी गरेको हो । पृथ्वीबाट सुपर अर्थ ३१ प्रकाश वर्ष टाढा छ । वैज्ञानिकहरुका अनुसार यस ग्रहमा जीवनका लागि आवश्यक सबै परिस्थिति विद्यमान छ ।

वैज्ञानिकहरुको समूहका प्रमुख राफेल लुकले यो ग्रहको नाम जीजे ३५७ भएको बताए । यसबाहेक सूर्यको करीब एकतिहाइ आकारको र करीब ४० प्रतिशत चिसो एक सानो ग्रहको पत्ता लागेको पनि उनले उल्लेख गरे । नासाले यो मिशनको सुरुवात यही वर्ष गरेको हो । यो मिशनको उद्देश्य हाम्रो सौर्य मण्डलभन्दा बाहिरका ग्रहको खोजी गर्नु हो ।

सुपर अर्थमा जीवनको आशा

अमेरिकाका कर्नेल युनिभर्सिटीका प्राध्यापक तथा वैज्ञानिकहरुको समूहकी एक सदस्य लिजा कल्टेनेगरले भनिन्, ‘यो ग्रहमा जीवनका लागि आवश्यक करीब सबै परिस्थिति विद्यमान छ ।’ हाम्रो सूर्यदेखि मंगल जति टाढा छ, यो ग्रह पनि आफ्नो सूर्यबाट त्यति नै टाढा रहेको उनले जानकारी दिइन् । साथै, ग्रहमा रहेका चट्टानहरुको बनावट पनि पृथ्वीसँग मिल्दोजुल्दो छ । वैज्ञानिकहरुले यो ग्रहमा वायुमण्डल हुन सक्ने पनि अनुमान गरेका छन् ।

तरल रूपमा पानी हुने सम्भावना

वैज्ञानिकहरुका अनुसार यो ग्रहमा वायुमण्डल हुन सक्छ । त्यसैले नै यो मंगलभन्दा बढी तातो छ । यहाँ पानी पनि तरल अवस्थामा हुन सक्छ । सुपर अर्थ अर्थात् जीजे ३५७ डीको आकार पृथ्वीजत्रै अथवा यसको दुई गुणा हुन सक्छ । यस ग्रहबारे एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स नामक पत्रिकामा शोध प्रकाशित भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै