• २०८१ बैशाख ७ शुक्रबार

प्रधानमन्त्रीले आफ्नो उपचार खर्च आफै बेहोर्नुहुन्छ – मन्त्री बास्कोटा

kharibot

काठमाडौँ । सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रधानमन्त्री केपी शर्माको सिंगापुरमा हुने उपचार खर्च आफैले बेहोर्ने बताएका छन् ।

सरकारको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले आफ्नो उपचार खर्चको व्यवस्थापन आफै गर्ने जानकारी दिएका छन् ।

मन्त्री बास्कोटाले सिंगापुर गएका कर्मचारी बाहेको अन्यको टिकट खर्च मात्र सरकारले बेहोर्ने जानकारी दिदै कर्मचारीले मात्र नियम अनुसार पाउने टिएडीए पाउने बताए ।        

सम्मेलनमा बोल्दै प्रवक्ता बास्कोटाले वाइडबडीको विषय अख्तियारले छानबिन गरिरहेकोले सरकारले छानबिन समितिको म्याद थप नगरेको स्पष्ट गरेका छन् ।

उनले वाइडबडीको छानबिन अख्तियारले छानबिन गरेर बाहिर ल्याउने विश्वास व्यक्त गरे ।

उनले विप्लवसँग वार्ता गर्ने सरकारको नीति रहेको बताउदै विप्लवको आन्दोलन धेरै टाढा नजाने बताए । अहिले नै उनीहरुमा समस्या आएको बताउदै प्रवक्ता बास्कोटाले आफुले उनीहरुको कमिटि भंग भएको भन्ने आफुले सुनेको बताए । वार्ता गर्न सरकार सधै तयार रहेको भन्दै समाधानको लागि वार्ता गर्न सरकार तयार रहेको बताए ।  
          
      
      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै