• २०८१ बैशाख ८ शनिबार

युवा खेलाडी मोइस कीनले युभेन्टस छोडे

kharibot

काठमाडौँ । इटालीका युवा खेलाडी मोइस कीन युभेन्टस छोडेर प्रिमियर लिग क्लब एभर्टन आएका छन् ।

१९ बर्षिय युवा खेलाडी कीनले एभर्टनसँग सम्झौता गरेको क्लबले जानकारी दिएको छ । कीनलाई भित्र्याउन एभर्टनले ४४ मिलियन डलर खर्च गरेको छ । कीनले बार्षिक ३.३ मिलियन डलर पारिश्रमिक पाउने गरी एभर्टनमा ५ बर्षको लागि सम्झौता गरेका छन् ।

इटालीको राष्ट्रिय टिमबाट समेत खेलिसकेका कीनले गत सिजनमा सिरी ए मा युभेन्टसबाट १३ खेल खेल्दै ६ गोल गरेका थिए । कीनले इटालीबाट ३ खेल्दै २ गोल समेत गरेका छन् ।  

मोइसले एभर्टनसँगको सम्झौतापछि खुशी व्यक्त गर्दै एभर्टनमा आफुले आफ्नो भविष्य देखेर आएको बताएका छन् ।            
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै