• २०८१ बैशाख ७ शुक्रबार

लिभरपुललाई हराउदै म्यानचेस्टर सिटीले जित्यो कम्युनिटी शिल्ड

kharibot

काठमाडौँ । प्रिमियर लिग क्लब च्याम्पियन म्यानचेस्टर सिटीले सिजनको शुरुमै खेलिने कम्युनिटी शिल्डमाथि कब्जा गरेको छ ।

गएराती भएको खेलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सिटीले कम्युनिटी शिल जितेको हो । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको विजेता पेनाल्टी सुटआउटबाट छानिएको हो ।

पेनाल्टी सुट आउटमा लिभरपुलका विज्नाल्डमले हानेको पेनाल्टी सिटीका गोल किपरले बचाए पछि सिटी ५-४ ले विजयी हुदै उपाधि जितेको थियो ।

यस अघि भएको खेलमा सिटीका लागि रहिम स्टरलिङले खेलको १२औ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिएका थिए भने लिभरपुलले खेलको ७७औ मिनेटमा जोय माटिपको गोलले खेल बराबरी गरेको थियो । खेलको ९०औ मिनेटमा लिभरपुलका मोहमद स्लाहले हानेको बलको उत्कृष्ट बचाउ गर्दै किले वाल्करले सिटीलाई हारबाट बचाएका थिए ।

प्रि-सिजनमा खेलिने यो कम्युनिटी शिल्ड पछि अब दुवै टिम आगामी शनिबार आ-आफ्ना प्रिमियर लिगका पहिलो खेल खेल्ने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै