नागको पूजा गरेर नागपञ्चमी मनाइदै (फोटो फिचर) 

खरीबोट

काठमाडौँ । श्रावण शुक्ल पञ्चमीका अवसरमा आज देश भरका नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ ।

आज बिहानैदेखि विभिन्न स्थानमा नागको पूजाका लागि सर्वसाधारण पुगेका छन् । घरघरका साथै नागका थानमा पूजा गर्ने भक्तजनको भीड लागेकोछ ।

प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवं तस्वीरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने प्रचलन छ । 

आजको दिनदेखि बर्खा सकिएर हिउँद शुरु भएको मान्ने प्रचलन छ । नाग पञ्चमीका दिन नागका अष्टकुलका रुपमा लिइने अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले घरमा सर्पादी भय नहुने, चट्याङ नपर्ने तथा अग्निजन्य भय नहुने विश्वास गरिन्छ ।

भूमिमा नाग देवताको बसोवास हुने र भूमि खन्दा नागलाई कष्ट हुने सम्भावना भएकाले नागपञ्चमीका दिन भूमिमा खनजोत नगरिने प्रचलन रहेको छ ।

 
 

सम्बन्धित समाचार

नागको पूजा गरेर नागपञ्चमी मनाइदै (फोटो फिचर) 

काठमाडौँ । श्रावण शुक्ल पञ्चमीका अवसरमा आज देश भरका नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ । आज बिहानैदेखि विभिन्न स्थानमा नागको पूजाका लागि सर्वसाधारण पुगेका छन् । घरघरका साथै

आज नागपञ्चमी : सर्प, अग्नि र चट्याङको भयबाट बच्न नाग पूजा

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी

टौदहमा नागपञ्चमी मेला

काठमाडौँ /  कीर्तिपुर नगरपालिकामा रहेको टौदहमा नागपञ्चमीका अवसरमा आज मेला लागेको छ ।  कर्कोटक नागको बासस्थानको रूपमा परिचित उक्त दहमा प्रत्येक वर्ष काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट पूजा गर्न आउने भक्तजनको भिड

आज नागपञ्चमी : किन मनाइन्छ नागपञ्चमी ? यस्तो छ पौराणिक मान्यता 

काठमाडौँ। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ ।  यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत


z