• २०८१ बैशाख १३ बिहीबार

विवाद बारे अध्ययन गर्न संसदीय विशेष समिति गठन

kharibot

काठमाडौँ । प्रतिनिधि सभाको अवरोध हटेको छ । साथै बैठकमा आउदा दिनहरुमा फेरि यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्नाका लागि अध्ययन गर्न सभामुख कृष्णबहादुर महराले ७ सदस्यीय समिति गठन गरेका छन् ।

समितिको नाम 'अध्ययन तथा सुझाव संसदीय विशेष समिति गठन' गरेका छन् । 

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७७ बमोजिम अध्ययन तथा सुझाव संसदीय विशेष समिति गठन गरेको सभामुख महराले जानकारी गराएका छन् ।

समितिको संयोजकमा सुबासचन्द्र नेम्वाङ छन् भने, सदस्यहरूमा देव गुरूङ र विन्दा पाण्डे (नेकपा), पुष्पा भुसाल गौतम र मिनेन्द्र प्रसाद रिजाल (काँग्रेस), लक्ष्मणलाल कर्ण (राजपा), उमाशंकर अरगरिया (समाजवादी पार्टी) रहेका छन् ।    

यस अघि आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसालले बोल्दै सभामुखले संसदको गतिरोध हटाउन नेतृत्वदायी भूमिका खेल्ने विश्वास रहेको बताइन । काँग्रेस कहिल्लै हिंसाको पक्षमा नरहेको बताउदै सांसद भुसालले सर्लाही घटनालाई अगाडी ल्याएर यो घटना बहसको विषय हुनुपर्छ भन्दै राज्यको ध्यान आकर्षण गराएको बताइन ।

उनले प्रतिपक्षी दलले उठाएका मानव अधिकार, भ्रष्ट्राचारका विषयहरु संसदबाट नै हल हुनुपर्छ भन्ने मान्यतामा आफुहरु अगाडी बढेको बताइन् ।

बैठकमा बोल्दै राजपाका नेता राजकिशोर यादवले आफ्ना कुराहरु सुनुवाई नहुदा संसदमा बिरोध गर्नु परेको बताउदै आफुहरुले आम जनताका सरोकारका विषय उठाएर संसद अवरोध गर्नुपर्ने अवस्था आएको बताए । आफुहरुले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र सर्लाही घटनाको बारेमा संसदीय छानबिन समिति गठन गर्न समेत माग गरेको बताए ।

संसदमा नेकपाका प्रमुख सचेतक देव गुरुङले सहमतिप्रति सत्तारुढ दलको समर्थन रहेको बताउदै सहमतिले अगाडी बढ्दा सहज हुने बताए ।                                           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै