• २०८१ बैशाख १४ शुक्रबार

डेल स्टेनद्वारा टेस्ट क्रिकेटलाई अलबिदा

kharibot

फाइल तस्बीर

काठमाडौँ । दक्षिण अफ्रिकाका तिब्र गतिका बलर डेल स्टेनले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् ।

३६ बर्षिय स्टेनले सोमबारदेखि नै लागु हुने गरि टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । टेस्ट क्रिकेटबाट सन्यास लिदै स्टेनले अब एकदिवसीय र टी-२० क्रिकेटमा आफ्नो ध्यानकेन्द्रित गर्ने बताएका छन् ।

टेस्ट क्रिकेट नै क्रिकेटको उत्कृष्ट फर्म्याट भएको बताउदै स्टेनले टेस्ट क्रिकेटले मानसिक, शारीरिक र भावनात्मक परीक्षा लिने बताए ।

उनले अब आफ्नो क्यारियर एकदिवसीय र टी-२० क्रिकेटमा केन्द्रित गर्ने बताए । 

दक्षिण अफ्रिकाबाट ९३ टेस्ट खेलेका स्टेनले कुल ४३९ विकेट लिदै दक्षिण अफ्रिकाबाट धेरै टेस्ट विकेट लिने रेकर्ड बनाएका छन् । यसै बर्षको शुरुमा स्टेनले अर्का बलर शान पालाकको ४२१ विकेटको रेकर्ड तोडेका थिए ।

लगातारको इन्जुरीपछि स्टेनले नियमित खेल्न समेत सकेका छैनन् । उनी हालै सम्पन्न विश्वकपमा समेत इन्जुरीका कारण सहभागी भएका थिएनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै