काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि मेडीसिटी अस्पताल भर्ना भएका छन् ।
मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल गएका थिए । चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल भर्ना भएको उनका सहयोगी युपी लामिछानेले जानकारी दिए ।
स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चार-पाँच दिनदेखि घरमै आराम गरिरहेका थिए ।
सोमबार ज्वरो नघटेपछि उनी अस्पताल भर्ना भएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको पार्टीका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) ले बताए ।