• २०८१ बैशाख १३ बिहीबार

पोलार्डलाई आइसीसीको कारवाही, जरिवाना र एक डिमेरिट अंक

kharibot

 काठमाडौँ । वेस्टइन्डिजका अलराउन्डर केरन पोलार्डलाई आइसीसीले कारवाही गरेको छ । भारतविरुद्धको दोस्रो टी-२० खेलमा पोलार्डले आइसीसीको कोड अफ कण्डक्टको लेवल वान उल्लघन गरेको भन्दै उनलाई खेल फिसको २० प्रतिशत जरिवाना गरिएको छ ।

पोलार्डले आइसीसीको कोड अफ कन्डक्टको आर्टिकल २.४ अनुसार उनले एम्पायरको निर्णय पालना नगरेको पाइएको आइसीसीले जनाएको छ ।

खेलका क्रममा पोलार्डले सब्स्टिच्युट माग गरेको र एम्पाएरले अर्को ओभरसम्म पर्खिन भन्दा पोलार्डले एम्पायरको आदेश नमानेको आइसीसीले उल्लेख गरेको छ ।

पोलार्डले आफूमाथि लागेको आरोप नमाने पछि खेल रेफ्री जेफ क्रोयले यसको सुनुवाई गर्दै पोलार्डलाई दोषी पाएका थिए ।

यस प्रकरणमा पोलार्डलाई एक डिमेरिट अंक समेत दिइएको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै