• २०८१ बैशाख १४ शुक्रबार

खाना पकाउने ग्यासको मूल्य घट्यो, पेट्रोल-डिजलको बढ्यो

kharibot

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य सिलिन्डरमा २५ रुपैयाँ मूल्य घटाएको छ ।

निगमले मंगलबार रातिदेखि लागू हुने गरी ग्यासको मूल्य घटाएको हो ।

अब उपभोक्ताले ग्यास १३ सय ७५ रुपैयाँमा पाउनेछन् । यसअघि ग्यासको मूल्य १४ सय रुपैयाँ थियो । निगमले ग्यासको मूल्य घटाए पनि पेट्रोल, डिजल र मट्टीतेलको मूल्य भने बढाएको छ ।

पेट्रोलमा एक रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य भने लिटरमा ५० पैसा मुल्य बढाएको छ । 

अब उपभोक्तालाई काठमाडौंमा पेट्रोल १०९ रुपैयाँ र डिजल तथा मट्टीतेल भने ९७ रुपैयाँ पर्नेछ ।

निगमले हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमका प्रवक्ता विरेन्द्र गोइतले खरीबोटलाई जानकारी दिए ।

निगमले आर्थिक वर्ष २०७५-७६ मा एलपी ग्यासमा करीब रु छ अर्ब नोक्सानी ब्यहोरेको थियो । जसको कारणले हालसम्म स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन सक्ने अवस्था आएको थिएन ।

मूल्य समायोजन गरेपश्चात् पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलकोे तुलनामा पेट्रोल र डिजेलमा प्रतिलिटर क्रमश १४ रुपैयाँ ३७ पैसा र १५ रुपैयाँ ४७ पैसा सस्तो रहेको निगमका प्रवक्ता गोइतले जानकारी दिए । 

  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै