• २०८१ बैशाख ८ शनिबार

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्यो, साउन २६ गते बस्ने

kharibot

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही साउन २६ आइतबारसम्मका लागि सरेको छ ।

काँग्रेसको असार २२ गतेदेखि जारी बैठकमा विभिन्न १४ बुँदामा छलफल शुरु भए पनि साउन २२ का लागि बोलाइएको बैठक विभिन्न कारण देखाउँदै साउन २६ गतेसम्मका लागि सारिएको हो ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक साउन २६ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको जानकारी दिए । 

काँग्रेस केन्द्रीय कार्यालयले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै