• २०८१ बैशाख ८ शनिबार

नेपाल एयरलाइन्स सुधारको सुझाव दिन मन्त्रीले बनाए कार्यदल

kharibot

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा सुधार ल्याउने विषयमा सुझाव दिन पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

बुधबारको मन्त्रीस्तरीय निर्णयबाट गठन भएको कार्यदललाई सुझावका लागि एक महिनाको समय दिइएको छ ।

कार्यदलको संयोजक पूर्वसचिव सुशिल घिमिरे रहेका छन् भने सदस्यमा लेखा विज्ञका रुपमा प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिम प्रकाश पौडेल र क्याप्टेन सुधीर शम्शेर राई छन् ।

त्यस्तै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई कार्यदलको सदस्य सचिव तोकिएको छ । कार्यदललाई एक महिनाभित्र ठोस सुझाव सहितको प्रतिवेदन तथा उक्त सुझावहरुको कार्यान्वयन गर्ने कार्ययोजना समेत पेश गर्ने कार्यादेश दिइएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले व्यवस्थापकीय समस्याबाट निगम बाहिर निस्किन नसकेको र प्रभावकारी व्यवस्थापनका विभिन्न प्रयासहरुले गति नलिएपछि ठोस योजनासहित अघि बढ्न तत्कालिन र दिर्घकालिन सुधार गर्न आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

कार्यदलाई नेपाल वायुसेवा निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययन प्रतिवेदनको विश्लेषण गर्ने, वर्तमान वित्तीय अवस्थाको अध्ययन गर्ने, निगमको कानूनी, संस्थागत, संगठनात्मक, व्यवस्थापकीय एवं व्यवसायिक क्षमतामा रहेका समस्याहरु पहिचान तथा विश्लेषण गर्ने लगायतका जिम्मेवारी तोकिएको मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै