• २०८१ बैशाख १२ बुधबार

टी–२० को अलराउण्डरतर्फको वरियतामा पारसको ठुलो छलाङ

kharibot

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले टी–२० वरियतामा अलराउण्डरतर्फको वरियतामा ठुलो छलाङ मारेका छन् ।

बुधबार सार्वजनिक वसिरयता क्रममा खड्का २५ औं स्थानमा छन् । यसअघि खड्का ३९औं नम्बरमा थिए ।

पारससँगै न्युजील्याण्डका मिचेल सान्टनर, भारतका सुरेश रैना र जिम्बाबेका एल्टन चिगुमबरा वरियतामा २५औ नम्बरमा रहेका छन् ।         

अलराउन्डरतर्फ १४ स्थानमाथि उक्लिएका पारस भारतका रोहित शर्मा, इङल्याण्डका जोय रुट, अफगानिस्तानका रासिद खान, दक्षिण अफ्रिकाका क्रिस मोरिस, भारतका हार्दिक पाण्डेय भन्दा अगाडी रहेका छन् ।

अलराउन्डर तर्फ अस्ट्रेलियाका ग्लेन म्याक्स वेल शिर्ष स्थानमा छन् भने बंगलादेशका शकिब अल हसन दोस्रो र अफगानिस्तानका मोहमद नावी तेस्रो स्थानमा रहेका छन् ।

टी–२० को अलराउण्डरतर्फको वरियतामा पारसको ठुलो छलाङ, हार्दिक पाण्डेयभन्दा अगाडी  त्यस्तै पारस ब्याटिंग तर्फको वरियतामा ६६औ स्थानमा उक्लिएका छन् ।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै