• २०८१ बैशाख ४ मंगलबार

ग्लोबल टी-२० मा सन्दीप र सोमपालको टिम प्लेअफमा भिड्ने

kharibot

काठमाडौँ । क्यानाडामा जारी ग्लोबल टी-२० लिगको प्लेअफ समीकरण पुरा भएको छ । गएराती दोस्रो राउण्ड अन्तर्गतको अन्तिम खेलमा टोरोन्टो नेशनल्स विजयी भएसँगै प्लेअफको समीकरण पुरा भएको हो ।

टोरोन्टोले मोन्टरियल टाइगर्सलाई ३५ रनले पराजित गरेको थियो । टोरोन्टोले दिएको १९० रनको लक्ष्य पछाएको मोन्टरियल १९.३ ओभरमा १५४ रन बनाएर अल आउट भएपछि टोरोन्टो ३५ रनले विजयी भएको थियो । यस खेलमा नेपाली बलर सन्दीप लामिछानेले ३ ओभर बलिङ गर्दै २५ रन दिएर एक विकेट लिएका थिए ।

यो सँगै प्लेअफको समीकरण पुरा भएको छ । प्लेअफमा ब्रम्पटन वोल्भ्स र भन्कोवर नाइटसँगै टोरोन्टो नेशनल्स र विन्नीपेग हव्क्स पुगेका छन् । ब्रम्पटन वोल्भ्स ९ अंकसहित पहिलो, भन्कोवर नाइट्स ८ अंकसहित दोस्रो, टोरन्टो ६ अंकसहित तेस्रो र विन्नीपेग ५ अंकसहित चौथो हुदै प्लेअफमा पुगेका छन् ।

त्यस्तै मोन्टरियलको ५ अंक भएपनि रनरेटका आधारमा पाँचौ हुदै बाहिरिएको छ भने एडमन्टन रोयल्स ३ अंक हासिल गर्दै छैठौ स्थानमा रहदै बाहिरिएको छ ।

अब पहिलो क्वालिफायरमा ब्रम्पटनवोल्भ्स र भन्कोवर नाइट्स आज तथा इलिमिनेटरमा टोरन्टो नेशनल्स र विन्नीपेग ह्वक्सबीच आजराती खेल हुने छन् । 

यो सँगै ग्लोबल टी-२० खेल्ने दुई नेपाली खेलाडीहरु सन्दीप लामिछाने र सोमपाल कामी आज राति आमने सामने हुने भएका छन् । यस प्रतियोगितामा एक मात्र खेल खेलेका सोमपालको डेभ्यु राम्रो हुन् सकेन भने सन्दीपले पनि यस प्रतियोगितामा खासै उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् ।

सोमपालले आफ्नो डेभ्यु खेलमा २ ओभर मात्र बलिङ गर्दी ३३ रन दिएका थिए भने सन्दीपले तीन खेल खेल्दै ३ विकेट मात्र लिएका छन् ।     

खेलाडीलाई भुक्तानी नगरेकोमा विवाद :

ग्लोबल टी-२० लिग क्यानाडाका आयोजकले खेलाडीलाई भुक्तानी नगरेको विषय बाहिर आएको छ । गएरातीको खेलपनि यसै विवादका बीच समयमा सुरु हुन् सकेन । राति सवा १० बजे सुरु हुनुपर्ने खेल ढिलो गरि सुरु भएको थियो । लिगको आयोजक बम्बे स्पोर्ट्स र फ़्रेन्चाइजीका लगानीकर्ताले खेलाडीलाई शर्त अनुसार भुक्तानी नगरेकाले खेलाडीले खेल नखेल्ने बताउदै टीम बसमा जान अश्विकार गरेको क्रिकइन्फोले लेखेको छ ।

सम्झौताको शर्त अनुसार २५ प्रतिशत पारिश्रमिक खेल शुरु हुनुअघि र ७५ प्रतिशत भुक्तानी पहिलो राउण्डसकिनु अघि नै गर्नुपर्ने थियो तर अहिलेसम्म पनि आयोजकले भुक्तानी नगरेकाले खेलाडीहरु आन्दोलनमा उत्रिएको बताइएको छ । क्रिकइन्फोका अनुसार कैयौ खेलाडीको गत सिजनको समेत भुक्तानी नभएको बताइएको छ भने क्यानडाका स्थानीय खेलाडीको अक्सनको बेला तोकिएको भन्दा कम रकममा सम्झौता गरिएको खुलासा भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै