• २०८१ बैशाख ५ बुधबार

ग्लोबल टी-२० मा म्याच फिक्सिङको आरोप !

kharibot

काठमाडौँ । क्यानडामा जारी ग्लोबल टी-२० मा म्याच फिक्सीङको आरोप लागेको छ ।

हाल ग्लोबल टी-२० लिगमा विन्नीपेग ह्वक्सबाट खेलिरहेका पाकिस्तानका खेलाडी उमर अकमलले पुर्व टेस्ट खेलाडी मन्सूर अख्तरले खेल फिक्स गर्न प्रस्ताव गरेको आरोप लगाएका छन् । अकमलले पाकिस्तानी क्रिकेट बोर्डलाई यस बारेमा जानकारी गराएको बताएका हुन् ।

मिडिया रिपोर्टका अनुसार अकमलले केहि दिन अघि पाकिस्तानी क्रिकेट बोर्ड र आयोजकलाई यस बारेमा जानकारी गराएको बताइएको छ ।

अकमलले अख्तर विन्नीपेगको व्यवस्थापनको हिस्स भएको र उनले केहि खेल फिक्स गर्न प्रस्ताव गरेको रिपोर्ट पेश गरेका छन् । अख्तर सन् १९८० र १९९० को बीचमा १९ टेस्ट र ४१ एकदिवसीय खेल खेलिसकेका खेलाडी हुन् । अकमलले आयोजक र बोर्डलाई उजुरी गरेपछि उनीसँग सम्पर्क नभएको बताइएको छ ।

यो प्रकरणसँगै भारतीय पुर्व खेलाडी युवराज सिंह, क्रिस गेल, शाहिद आफ्रिदी जस्ता हस्ती खेलाडीहरु खेलिरहेको लिग विवादमा आएको छ । साथै लिग आयोजक र फ़्रेन्चाइजीले खेलाडीलाई पारिश्रमिक नदिएको विषय पनि सतहमा आएको छ ।

यसै विवादका बीच गएरातीको खेल खेल्न खेलाडीले अस्विकार गरेका थिए । आयोजकका अनुसार आयोजक, खेलाडी र फ़्रेन्चाइजीका मालिक बसेर समस्या समाधान गरेपछी खेल सुचारु भएको थियो ।          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै