• २०८१ बैशाख १३ बिहीबार

डेविड लुइसले 'सरप्राइज' रुपमा चेल्सी छोडे, आर्सनलसँग सम्झौता हुदै

kharibot

काठमाडौँ । ब्राजिलका ३२ बर्षिय डिफेन्डर डेविड लुइसले चेल्सी छोडेर आर्सनलसँग सम्झौता गर्ने भएका छन् ।

बिबिसीका अनुसार लुइसले आर्सनलसँग दुई बर्षको सम्झौता गर्न लागेको उल्लेख गरेको छ । लुइसले आजै आर्सनलमा मेडिकल गर्ने बताइएको छ ।

पछिल्लो तीन सिजन चेल्सीबाट खेलेका लुइसले चेल्सी छोड्ने भएकै कारण चेल्सीको बुधबारको प्रशिक्षण छोडेका थिए ।

यस सिजनको चेल्सीको युरोपा लिग जित्दाको टिमका लुइस महत्वपूर्ण सदस्य रहेका थिए । चेल्सीमा नयाँ म्यानेजर फ्रान्क लामपार्ड आएपछि चेल्सीका लागि आउदो सिजनमा सबै खेल खेल्न नपाउने भएपछि चेल्सी छोडेको बताइएको छ ।

साथै पिएसजीमा खेलेका प्रशिक्षक उनइ एमरीको पहलमा उनी आर्सनलमा जान लागेको बताइएको छ । 

चेल्सी र आर्सनलबीच लुइसका विषयमा ८ मिलियन पाउण्डमा सहमति भएको बिबिसीले उल्लेख गरेको छ ।

आगामी शनिबारदेखि शुरु हुने इङलिश प्रिमियर लिगको खेलाडी ट्रान्सफर विन्डो शुक्रबार सम्म भएकाले अन्तिम समयमा लुइजको चेल्सी बहिर्गमनलाई सरप्राइजका रुपमा लिइएको छ ।                       
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै