स्थानीय पाठ्यक्रम बनाउँदै भरतपुर महानगर

खरीबोट

चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । शैक्षिक सत्र २०७७ देखि लागू गर्ने योजनाका साथ पाठ्यक्रम बनाउन लागिएको महानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ । 

महाशाखाप्रमुख सीताराम कोइरालाका अनुसार आउँदो शैक्षिक सत्रदेखि कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रममा पढाइ शुरु गर्न स्थानीय आवश्यकता, विषयवस्तु, स्थानीय विज्ञको सुझव र सहयोगमा पाठ्यपुस्तक तयार गर्न लागिएको हो । 

महानगराप्रमुख रेनु दाहालका अनुसार यस क्षेत्रको परिचय, समाज, स्थानीय, संस्कृति र कला, स्थानीय पर्यटन तथा व्यवसाय, पेशा र प्रविधि, स्थानीय जडीबुटी तथा उपचार विधि, स्थानीय खेल, विपद् व्यवस्थापन, शहरी विकास, वातावरण संरक्षण, सभ्य र स्वास्थ्य जीवनका कथा पाठ्यक्रममा समेटिनेछ । 

पाठ्यपुस्तक निर्माणका लागि लेखनाथ खनालको संयोजकत्वमा गत मङ्सिर १७ गते आठ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलका सदस्यसचिव रुद्र शर्माका अनुसार कार्यदलले आफ्नो अन्तिम प्रतिवेदन तयार गरी यही भदौ  पहिलो सातामा नगर शिक्षा समितिमा पेश गरिने र महानगर कार्यपालिकाको बैठकले अनुमोदन गरेपछि पाठ्यक्रम लागू गरिनेछ  । एकसय पूर्णाङ्कको पुस्तकको नाम ‘हाम्रो गौरव भरतपुर महानगर’ प्रस्ताव गरिएको छ । यसको टुङ्गो कार्यपालिकाको बैठकले लगाउँदैछ । 

महानगरभित्रका १२३ सामुदायिक विद्यालय र ९७  संस्थागत विद्यालयमा पाठ्यक्रम लागू हुनेछ । साथै सामाजिक, शारीरिक र सृजनात्मक कला विषयमा २० पूर्णाङ्कको परीक्षासमेत लिनुपर्ने र त्यसको व्यवस्थापन शिक्षकले नै गर्नुपर्ने प्रस्ताव गरिएको छ । अहिले यहाँका विद्यालयले स्थानीय पाठ्यक्रमका रुपमा अङ्ग्रेजी, गणित र विज्ञान विषयलाई प्राथमिकता दिइँदै आएको छ ।
 

सम्बन्धित समाचार

काठमाडौँ महानगरले माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन बनाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्मको साढे दुई किलोमिटर सडकखण्डमा साइकल लेनको व्यवस्थापन गर्ने भएको छ । कामपाले आज यहाँ आयोजना गरेको पूर्वाधार विकास र लेन सञ्चालनका लागि गुरुयोजनाका

पोखरा महानगरद्वारा सहकारी पाश्र्वचित्र (प्रोफाइल) तयार

कास्की । पोखरा महानगरपालिकाले महानगरभित्र कार्यक्षेत्र रहेका सहकारी संस्थाहरुलाई व्यवस्थित गराउँदै अनुगमन र नियमनका लागि सघाउ पु¥याउने उद्देश्यले सहकारीको विवरणसहितको पाश्र्वचित्र (प्रोफाइल) तयार गरेको छ। महानगरभित्रका ३३ वडामा कार्यक्षेत्र रहेर सञ्चालनमा

नेपालगञ्जको ‘उपमहानगर उज्यालो अभियान’ अनिश्चित

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको ‘उपमहानगर उज्यालो अभियान’ कार्यक्रम अनिश्चित बनेको छ। काठमाडौँ इनर्जी कम्पनीले सम्झौता अनुरुप काम सम्पन्न गर्न नसकेपछि कार्यक्रम अन्यौलमा पर्न गएको हो।  नेपालगञ्जको बिपी चोकमा जडान गरिएको उच्च क्षमताको

विपद् पहिचानको नक्सा बनाउँदै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विपद् व्यवस्थापन गर्न वडास्तरमा सम्भावित स्थान पहिचानको कार्य शुरु गरेको छ । कामपाको ३२ वटै वडामा रहेका खुला स्थान र विपद्को जोखिमपूर्ण क्षेत्रको पहिचानसहित ती स्थानको


z