• २०८१ बैशाख ८ शनिबार

मल्लिक र हाफीज पाकिस्तानको राष्ट्रिय कन्ट्रयाक्टमा परेनन्, को को परे ? 

kharibot

काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्डले आफ्ना दुई महत्वपूर्ण खेलाडीलाई राष्ट्रिय कन्ट्रयाक्टबाट बाहिर राखेको छ । विहिबार घोषणा गरिएको २०१९-२० को राष्ट्रिय सम्झौताको सूचीबाट पाकिस्तानका शोएब मल्लिक र मोहमद हाफिजलाई बाहिर राखिएको हो ।

बोर्डले बार्षिक सम्झौता हुने खेलाडीको सुची पनि ३३ बात १९ मा झारेको छ भने यस अघि ५ तहमा खेलाडीसँग विभाजन गर्ने गरेकोमा अबदेखि तीन तहमा विभाजन गरेको छ ।

पाकिस्तान बोर्डले पहिलो तहमा तीन खेलाडी बबर आजम, सरफराज अहमद र यासिर शाहलाई समावेश गरेको छ ।

त्यस्तै दोस्रो तहमा असद शफिक, अजहर अली, हरीस सोहेल, इमाम उल हक, मोहमद अब्बास, षडाब खान, शाहीन शाह र वहाव रियाज रहेका छन् ।

त्यस्तै तेस्रो तहमा अबिद अली हसन अली, फखर जमान, इमाद वाशिम, मोहमद आमिर, मोहमद रिजवान, शान मसूद र उसमान शिनवारी रहेका छन् ।

बोर्डले गरेको खेलाडीको नयाँ सूचीकरणमा हाफिज र मल्लिकसहित फाहीम अशरफ, जुनैद खान, बिलाल असिफ, साद अली, असिफ अली, लगायत १४ खेलाडीलाई बाहिर राखिएको छ ।

त्यस्तै फखर जमानलाई दोस्रोबाट तेस्रो तथा मोहमद आमीरलाई पहिलोबाट तेस्रोमा झारिएको छ । त्यस्तै हसन अलीलाई दोस्रोबाट तेस्रो तहमा झारिएको छ ।

त्यस्तै हरिस शोहेल, इमाम उल हक, मोहमद अब्बास र वहाव रियाजलाई तेस्रोबाट दोस्रो तहमा बढुवा गरिएको छ भने शाहीं अफ्रिदीलाई इ बाट बीमा र मोहमद रिजवानलाई इ बाट सीमा बढुवा गरिएको छ ।

पाकिस्तान बोर्डको राष्ट्रिय कन्ट्रयाक्टमा पहिलो तहमा रहेका खेलाडीले बार्षिक ११ लाख पाकिस्तानी रुपैया पाउछन भने दोस्रो तहमा रहेका खेलाडीले साढे सात लाख र तेस्रो तहमा रहेका खेलाडीले बार्षिक साढे ५ लाख रकम पाउने गर्दछन ।                                                    
          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै