• २०८१ बैशाख ८ शनिबार

जम्मू-कश्मीरको निर्णयपछि मोदीले देशबासीलाई सम्बोधन गर्दै

kharibot

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू-कश्मीरका विषयमा सरकारले लिएको निर्णयका विषयमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

भारतीय मिडियाका अनुसार कश्मीर संबिधान संबिधानको धारा ३७० लाई खारेज गरेपछि उत्पन्न परिस्थितिलाई समेटेर सम्बोधन गर्न लागेको उल्लेख गरेका छन् ।

आज बिहीबार साँझ ८ बजे मोदीले राष्ट्रका नाममा सम्बोधन गर्ने तालिका सार्वजनिक भएको हो । प्रधानमन्त्री मोदी आफैँले पनि ट्वीटरमार्फत यस्तो तालिका सार्वजनिक गरेका छन् ।

भारतमै प्रतिपक्षी दलका नेता तथा अन्य स्वतन्त्र बुद्धिजीवीले पनि कश्मीरमाथिको निर्णयमा विरोध जनाउँदै आएका छन् । कश्मीरमा भने सरकारले कफ्र्यू लगाइरहेको छ ।

भारत सरकारको यो निर्णय पछि पाकिस्तानले भारतसँगको व्यापार रद्ध गर्ने घोषणा गरेको छ भने कुटनीतिक सम्बन्ध समेत अन्त्य गर्ने घोषणा गरेको छ । साथै पाकिस्तानले यो प्रकरणलाई संयुक्त राष्ट्र संघमा लैजाने बताएको छ । पाकिस्तानले आज मात्र भारत-पाकिस्तानबीच चल्ने रेलसेवा समेत रद्ध गरेको छ ।         
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै