रेडक्रसले दिएको बोका काटेर मासुको भागबण्डा

खरीबोट

गोरखा । सिरानचोक गाउँपालिका–३ हर्मीमा नश्ल सुधारका लागि अनुदानमा वितरण गरेको उन्नत जातको बोका काटेर स्थानीयवासीले मासु भागबण्डा गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले भूकम्पपछिको जीविकोपार्जन कार्यक्रम अन्तर्गत साविकको हर्मी गाविस वडा नं ८ का स्थानीयका लागि बाख्रामा नश्ल सुधार गर्न भन्दै गएको मङ्सिरमा बयर जातको उन्नत ब्याड बोका वितरण गरेको थियो ।

समूहले सामूहिकरुपमा सेवा लिने गरी वितरण गरिएको उन्नत जातको बोका काटिएको हो । “स्थानीय प्रकाश अधिकारीले पालनपोषण गर्ने गरी रेडक्रसले अनुदानमा उपलब्ध गराएको बोका आज इलाका प्रहरी कार्यालय हर्मीमा काटेर मासु भागबण्डा गरिएको हो”, वडाध्यक्ष वीरबहादुर गुरुङले भने ।

उनले घरधनी अधिकारीले धेरै ऋण लागेर बेपत्ता भएकाले घरमा उनको आमा भएको र पालनपोषण गर्न नसक्ने भएपछि मासु काटेर बिक्री गरिएको बताए  । “ प्रकाश घर छोडेर हिँडेपछि घरमा भएका अन्य बाख्रा, खसी, गाईभँैसी पनि लिलाम गरी समूहको ऋण बुझायौँ ।”

वडाध्यक्ष गुरुङले मासु बिक्रीबाट रु १४ हजार ४०० जम्मा भएको र सबै रकम घरधनीलाई उपलब्ध गराएको दाबी गरे । नेपाल रेडक्रस सोसाइटी गोरखाका सभापति भगवान्बाबु मास्केले करीब रु ३२ हजार बराबरको रकमबाट नश्ल सुधारका लागि गुल्मी अर्घाखाँचीबाट महङ्गो मूल्य तिरेर ल्याएको बोका काट्नु गलत भएको बताए ।

“रु ३० हजार बराबरको त बोकाको बीमा गरिदिएका छौँ”, उनले भने, “पाल्न नसक्ने भए पनि हामी अर्को किसानलाई वितरण गर्थ्यौ उनीहरुले हामीलाई खबर पनि गरेनन् ।”  रेडक्रसले साविकको हर्मी गाविसमा नौवटै वडामा नश्ल सुधारका लागि भन्दै बयर जातको उन्नत ब्याड बोका वितरण गरेको थियो ।
 

सम्बन्धित समाचार

सामुदायिक संलग्नता तथा जवाफदेहितासम्बन्धी टीकापुरमा रेडक्रसको प्रशिक्षण 

कैलाली । सामुदायिक संलग्नता तथा जवाफदेहिता सम्बन्धी प्रदेशस्तरीय तीन दिने प्रशिक्षण कैलालीको टीकापुरमा आज मंसीर १ गतेदेखि शुरु भएको छ । मानवीय गतिविधिहरुलाई अझै प्रभावकारी बनाउनका साथै सामुदायिक संलग्नता तथा जवाफदेहितालाई

सार्क क्षेत्रमा विपद् पूर्वतयारी वढाउनुपर्ने 

काठमाडौँ । दक्षिण एशिया क्षेत्रीय स्तरको विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन सार्क क्षेत्रका सदस्य राष्ट्रहरुका प्रतिनिधिहरु, रेडक्रसका प्रतिनिधिहरु तथा संयुक्त राष्ट्रसंघीय र साझेदार निकायहरुको वीच तीन दिने पूर्वतयारी छलफल कार्यक्रम

नेपाल रेडक्रसको वार्षिक साधारण सम्पन्न

बनेपा । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को केन्द्रीय सभाको पहिलो वार्षिक साधारण सभा आज कार्तिक ४ गते काभ्रेको बनेपामा सम्पन्न भएको छ । साधारण सभाले संस्थाको आ.व २०७४-७५ को वार्षिक प्रगति,

रेडक्रस सोसाइटीको वार्षिक साधारण सभा सोमबार बनेपामा हुदै

बनेपा । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को केन्द्रीय सभाको पहिलो वार्षिक साधारण सभा सोमबार काभ्रेको बनेपामा आयोजना हुन गइरहेको छ । सोमबार विहान ९ बजे नेरेसोको राष्ट्रिय प्रशिक्षण केन्द्रको सभाहलमा प्रथम


z