डेडलाइन डे : डिबाला युभेन्टसमै बस्ने, लुकाकु पुगे इन्टरमिलान

खरीबोट

काठमाडौँ । प्रिमियर लिगको खेलाडी ट्रान्सफरको डेडलाइन डेको अन्तिम समयमा केहि खेलाडी ट्रान्सफर भएपनि केहि चर्चित ट्रान्सफर हुने सम्भावना सकिएको छ ।

अहिलेसम्मको सम्झौता अनुसार म्यानचेस्टर युनाइटेडका रोमेलु लुकाकुले युनाइटेड छोडेर इटालियन क्लब इन्टर मिलान गएका छन् । भने उनले आजै मेडिकल गर्ने र केहि समयमा आधिकारिक घोषणा हुने बताइएको छ । लुकाकुलाई इन्टरमिलानले ७४ मिलियन युरोमा साइन गरेको छ ।

त्यस्तै अर्जेन्टिनी चर्चित खेलाडी पाउलो डिबाला म्यानचेस्टर युनाइटेड र टोटनह्यामको प्रयासका बीच यस सिजन युभेन्टसमै बस्ने भएका छन् । युनाइटेडसँग युभेन्टसको कुरा मिलेको भएपनि डिबालासँग कुरा नमिल्दा युनाइटेड पछि हटेको थियो भने टोटनह्यामसँग लगभग सहमति भइसकेको अवस्थामा युभेन्टसले यस सिजन डिबालालाई नबेच्ने भन्दै पछि हटेपछि टोटनह्यामको प्रयास असफल भएको थियो ।

त्यस्तै ब्राजिलका डिफेन्डर डेविड लुइसले चेल्सी छोडेर आर्सनल गएका छन् भने म्यानचेस्टर युनाइटेडका अर्जेन्टिनी डिफेन्डर मार्कोस रोजो प्रिमियर लिग क्लब एभर्टन जाने तय भएको बताइएको छ । त्यस्तै क्रोसियाका खेलाडी मारियो मण्डजुकिकको म्यानचेस्टर युनाइटेड आउने सम्भावना पनि सकिएको बताइएको छ ।

त्यस्तै टोटनह्यामले अन्डर २१ लेफ्ट ब्याक रायन सेस्सेगनोनलाई फुल्ह्यामबाट भित्र्याएको छ । त्यस्तै चर्चित ब्राजिलियनखेलाडी नेइमारलाई साइन गर्न बार्सिलोना असफल भएपछि उनलाई रियल म्याड्रिडले अफर गरेको स्पेनिस मिडियाले उल्लेख गरेका छन् । नेइमारलाई रियलले सय मिलियन र लुका मोड्रीचलाई दिने अफर गरेको बताइएको छ । तर यस बारेमा पिएसजीले र नेइमारले कुनै प्रतिक्रिया दिएको रिपोर्ट सार्वजनिक भएको छैन ।                                                                       
 

सम्बन्धित समाचार

घरेलु मैदानमा क्रिस्टल प्यालेससँग हार्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।  गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग २-१ गोल अन्तरले पराजित भएको हो । युनाइटेड घरेलु मैदान ओल्ड टाफोर्डमा भएको

चेल्सीको जितमा युवा खेलाडी अब्राहीमको दुई गोल

काठमाडौँ । इङलिश प्रिमियर लिगमा चेल्सीले पहिलो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा चेल्सीले नर्विच सिटीलाई ३-२ गोल अन्तरले पराजित गरको हो । चेल्सीको जितमा युवा खेलाडी टामी अब्राहीमले

एभर्टनमाथि भिल्लाको सहज जित  

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टन पराजित भएको छ । गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले एभर्टनलाई २-० ले पराजित गरेको छ । एस्टन भिल्लाको जितमा वेस्ले र अनवर एल घाजीले

लुकाकुको पिडा : म्यानचेस्टर युनाइटेडमा मलाई ‘कलप्रिट’ बनाइयो

काठमाडौँ । इटालियन क्लब इन्टरमिलान गएका बेल्जियमका स्टार फुटबलर रोमेलु लुकाकुले म्यानचेस्टर युनाइटेडले आफुलाई संरक्षण नगरेको आरोप लगाएका छन् । इन्टरसँग नयाँ सम्झौता गरेपछि लुकाकुले युनाइटेडमा हारको दोष आफु माथि लगाइएको


z